नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, June 24, 2008

अब दक्षिण ललितपुरमा इलामे चियाखेती



'आए मकै, नआए भोकै' भन्ने नेपाली उखानसंग पौंठेजोरी खेलेका ललितपुरका किसान अब मकै खेतीबाट क्रमश.. अन्य आधुनिक खेतितर्फउन्मूख भएका छन् ।
यस अघि ललितपुरका अधिकांश गाविसमा प्राय मकैखेती मात्र हुने गरेको थियो । मकै खेती छाडेर यहाँका किसानले अब ललितपुरमा तरकारी खेतीका अलावा चियाखेती पनि शुरु गरेका छन् । यसअघि नै यहाँका किसानले कफीको व्यवसायिक खेती शुरु गरिसकेका छन् । वि.सं. २०४०/०४२ सालतिरदेखि कफी खेती शुरु गरिएको दक्षिण ललितपुरमा केही वर्षअघिदेखि व्यवसायिक कफी खेती शूरु भएको छ । तर अब कफी खेती गरिएका आसपासका गाउँहरुमा चियाखेती शुरु भएको छ ।
ललितपुर जिल्लाको दक्षिणपर्ूर्वी पहाडी गाउँहरु कालेश्वर, चन्दपुर, गोटीखेल, मानिखेल, बुखेललगायतका गाविसहरुमा चियाखेती शुरु भएको छ । अहिले व्यक्तिले निजी जग्गामा मात्र होइन सामूहिक रुपमा समेत चियाखेती गर्न थालेपछि स्थानीयवासीहरु समेत चियाखेतीमा आकषिर्त हुन थालेका छन् । किसानहरुमात्र होइन यहाँ उद्योगी, व्यपारी र शिक्षक समेत सामूहिक खेतीप्रति आकषिर्त हुन थालेको स्थानीय शिक्षक रमेशप्रसाद बजगाईले बताए ।
यहाँका १० जना स्थानीय र चियाको जिल्ला इलामका किसान तारामणी खतिवडाको संयुक्त प्रयासमा यहाँ चियाखेतीले व्यवसायिकता पाउने भएको छ । यिनै ११ जनाको प्रयासमा अर्गानिक चिया विकास प्राली नामक कम्पनी दर्ता गरेपछि चियाखेतीले व्यवसायिकता पाउने भएको हो । चन्दनपुरका व्यापारी एवं अर्गानिक चिया विकास प्रा.लिका बलराम बन्जारा भन्छन् 'हामीले बेलैमा थाहा पाएको भए अझ राम्रो हुने थियो । ढिलै भएपनि काम थालनी भएको छ ।' २०५० सालमा कालेश्वरका स्व. माणिकलाल वाइवाले इलामबाट ३० बोट चिया ल्याई रोपेका थिए । स्थानीय शिक्षकसमेत रहेका वाइवाले चियाको हेरचाह गर्न पाएनन । हेरचाह गर्नेबेलामा उनको माओवादीद्वारा हत्या गरियो । उनकी श्रीमती हरिमाया भन्छिन्' पर्याप्त ज्ञान नभएका कारण ती बोटबाट आम्दानी लिन सकिनँ । वहाँ जिउँदै भएको भए राम्रै आम्दानी हुने थियो होला । '
लामो समयदेखि शिक्षण पेशामा संलग्न रहदै हाल नवोदय प्रावि कालेश्वरका प्रधानाध्यापक पदमा कार्यरत नवराज दाहाल सामुहिक चियाखेतीमा व्यस्त छन् । 'म साँझ बिहान खेतीपातीकै काम गथर्ें तर परम्परागत खेती मात्र थियो । अब आधुनिक खेतीको सुरुवात भएको छ फर्ुसदको समयमा यतै लाग्छु ।' दहालले भने- 'मैले आफ्नो बारीमा ४ सय ५० बोट चिया यसै वर्षरोपेको छु, हेरौं यसले कस्तो उत्पादन देला ।' उनीमात्र होइन कालेश्वर -७ बतासेका प्रेमप्रसाद घिमिरेले पनि एक सयभन्दा बढी बिरुवा रोपेका छन् । त्यसैगरी देबीचौर-४ का दिपकप्रसाद तिमल्सिनाले पनि पाँचसय बोट चिया रोपेका छन् । उनले पनि अरुको जस्तै चियाखेतीबाट टन्न आम्दानी गर्ने सपना साँचेका छन् ।
विगत दर्ुइ वर्षेखि निरन्तर रुपमा मकै बालीमा ग्रे लिफ्ट स्पट -स्थानीय नाम डढुवा रोग)को प्रकोप बढेपछि यहाँका किसानहरु बैकल्पिक खेतीप्रति आकषिर्त भएका हुन् । यहांको माटो, भौगोलिक बनावट आदिका कारण यो भेगमा चियाखेती राम्रो हुने इलामका तारामणी खतिवडाले दावि गरे । अहिले कम्पनीले तीन हजार दर्ुइ सय भन्दा बढी बिरुवा कालेश्वर ९ मा रोपेको छ । पहिले कृषि विकास बैंकको सेवा उपयोग गर्न पाउँदा फलफूलखेती शर्ीष्ाकमा ऋण लिएर नास्पाती, आरु, स्याउ रोपेर उत्पादन लिन नसकेका किसानहरु चियाखेतीबाट उत्पादन लिन सकिने हो वा होइन भन्नेबारे अन्यौलमा छन् । तर, आधुनिक अर्गानिक चिया विकास प्रा.लिले २६ रोपनी जग्गामा चिया रोपे पछि र चन्दनपुरमा २० रोपनी जग्गा भाडामा लिई चियाको विरुवा उत्पादन गर्ने नर्सरी बनाएपछि भने विश्वस्त भएको स्थानीयबासीको प्रतिक्रिया छ । २० रोपनी जग्गामा ६ लाख बर्ेना उत्पादन गर्ने प्रालीले जनाएको छ ।
चियाको प्रयोग विश्वमा ५ सय ५० वर्षपहिले चिनबाट भएको हो । तर नेपामा भने वि.संं. १९२० मा मात्र इलाम जिल्लामा तत्कालीन प्रधानमन्त्री जंगबहादुरका ज्वाई गणराजसिंह थापाले रोप्न शुरु गरेको नेपाल चिया विकास निगमको तथ्याङ्क्मा उल्लेख छ ।
चियाको प्रयोग बढी गर्ने मुलुक आयरल्याड हो जहाँ प्रतिवर्षसरदर एक व्यक्तिले तीन के.जी. चिया खपत गर्ने गर्छन् । इलाम जिल्लाको मात्र परिचय बनाउँदै आएको चियाखेती अब ललितपुरमा समेत बिस्तारित भएपछि यहाँका किसानको आम्दानी बढ्ने पक्का छ । ललितपुरमा उत्पादन हुने चिया ग्रिन टीको रुपमा बिक्री हुने कुरामा चियाका किसान तारामणी खतिवडा ढुक्क छन् ।
यहाँ भएको चियाखेतीबारे भने जिल्ला कृषि कार्यलय अनविज्ञ रहेको छ । कृषि बिकास कार्यालय ललितपुरका प्रमूख यसबारे आफूलाई थाहा नभएको बताउँछन् ।
मकैबालीबाट कुनै आम्दानी हुन नसकेको यो भेगमा चियाखेती फस्टाउन सकेमा यहाँका किसानहरुले अहिले भोगेको छाक टार्नै धौ धौको समस्यामात्र हट्ने नभइ उच्चतम आम्दानी हुने कुरामा किसानका अगुवाहरु बिश्वस्त छन् । अझै पनि यातायात र विद्युतको पहुँच पुगी नसकेको दक्षिण ललितपुरमा चियाखेती फस्टाएमा यहाँको विकास हुने कुरा पक्का छ । अहिले कालेश्वर, चन्दनपुर, गोटिखेल, मानिखेल, बुखेल देखि देवीचौर, घुसेलसम्म चियाका बिरुवा वितरण गरिएको तारामणी खतिवडाले बताएका छन् । हालै मात्र अमेरिकी वैज्ञानिकहरुले दैनिक ४/५ कप हरियो चिया -ग्रिन टि) पिउनाले क्यान्सर रोगबाट बच्न सकिने सफल परिक्षण गरिसकेका छन् । यसबाट पनि यहाँका किसनहरुले चियाखेतीमा सफलता पाएमा आर्थिक मात्र होइन अन्य लाभ लिन सक्ने पक्का छ ।