नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Thursday, July 10, 2008

'मासियो वन, कमाइयो धन'




रमेशप्रसाद तिमल्सिना
'हरियो वन नेपालको धन' भन्ने उक्ति अव दक्षिण ललितपुर वासीका लागि एकादेशको कथ्ाा जस्तो बनेको छ । जिल्ला वन कार्यालयको वेवास्ता, स्थानीय सामुदायिक वनसमूहको लापारवाही र फितलो सुरक्षाका कारण यहाँका सामुदायिक वनक्षेत्र दिनदिनै विनाश हुँदै गएको हो ।
गतवर्षेखि शुरु भएको दक्षिण ललितपुरको वन फडानीबाट यहाँको सुन्दरता नष्ट हुदा पनि न त सरकार संरक्षणमा लागेको छ न त स्थानीय सहभागिता नै छ । राज्यका जिम्मेवार निकाय वन फडानीलाई राजनीति सँग जोडेर कानमा तेल हालेर बसेका छन् । सदरमुकाम मंगलबजारबाट १५ किमी दक्षिणमा पर्ने देवीचौर झण्डे ३० रोपनी वनक्षेत्रमा स्थानीय गिरीप्रसाद तिमल्सिनाले खोरिया बनाई सकेका छन् । यस घटनामा जिल्ला वन कार्यालय ललितपुरका सहायक नविन गिरी ७ वटा सल्लाका रुख मात्रै काटिएको टिप्पणी गर्छन् । गिरी भन्छन् - 'खन्न त निकै खनेछन् तर रुख त सातवटा मात्रै मासेका हुन ।' त्यस्तै चौघरे देखि ठोट्नेखोलासम्मको वन क्षेत्र पनि दाउरा र खोरियाका लागि सखाप पारिएको छ । तर त्यहाँ कसैले चासो दिएको छैनन् । सामुदायिक वन उपभोक्त महासँघको ललितपुर शाखाको ध्यान भने अहिले वन संरक्षण तिर भन्दा निर्वाचन पर्यर्वक्षकको नाम गोत्र खोज्नमा नै बितेको छ । महासँघ ललितपुर शाखाका अध्यक्ष पुष्करराज प्याकुरेल भन्छन् - 'अहिलेको महत्वपर्ूण्ा काम भनेको संविद्यानसभा निवाृचन स्वतन्त्र र धाँदलिरहित बनाउने वातावरण सिर्जना गर्नु हो । चुनावको वातावरण सिर्जना गर्दा बाहिरी वातावरण नासिएको नासियै छ । महाभारत वनक्षेत्रबाट गुराँस र ओखरका रुख दिन पहाडै तस्कर भएको गोटिखेल रेञ्जपोष्टका रेञ्जर हरिश्चन्द्र तिमिल्सिना स्वीकार्छन । उनी वनको संरक्षण स्थानीय स्तरबाटै हुनुपर्नेमा जोडा दिन्छन् । स्मरणीय के छ भने ओखरका रुख मर्ुर्ति बनाउन बहुउपयोगी मानिन्छन् । त्यसैगरी राष्ट्रिय फूल लालिगुरास मासिंदा एक त वनको सौर्न्दर्य नष्ट हुन्छ । अर्कातिर राष्ट्रिय फूल लोप हुने अवस्थामा पुग्छ । गर्ुरासका रुख प्रायः दाउराका लागि प्रयोग हुन्छ । गुरासका गोल राम्रो हुने भएकाले आइन लगाउने, सुनचादिका गरगहना बनाउने ठाउँमा बढी प्रयोग हुन्छ ।
जिल्लाको अति दर्ुगम ठुलादर्ुर्लुङ्ग, गिम्दी, भट्टेडाडा, आश्राङ्ग, प्युटार, काभ्रेपलाञ्चोकको च्याम्रंाङ बसीबाट अनधिकृतरुपमा महत्वपर्ूण्ा जडिबुटि तथा वनको गहना सुनगामा तस्कर भइरहेको छ । सुनगाभाको फूल स्थानीयलाई बटुल्न लगाई ठेकेदारहरुले बजारसम्म किलो सुनगाभाको ३० देखि ५० रुपैयाँ तिर्छन भने ६ सय रुपैयाँ सम्म खाने गर्दछन् । हाल पुनगाभा संकलन केन्द्र मानिखेलको कतवन भञ्ज्याङ्ग र माल्टाको डाँडागाउँमा गोप्यरुपमा सञ्चालित जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र चापागाउँ वरपर सञ्चालित ढुङ्गा खानीले पनि उत्तिकै वन विनाश गरेको छ । पटक पटक मुद्धा लागेर अदालतबाट हार खाइसकेका र स्थानीय उपभोक्ताबाट विरोधको मारमा परेका यी खानी महानगरीय प्रहरी कृत चापागाउँबाट खटिएका प्रहरीको संरक्षण्मा सञ्चालित छन् । खानी बन्द गराउन प्रहरी परिचालित छन् । ढुङ्गा झिके पक्रने आदेश छैन । महानगरीय प्रहरी कृत चापागाउँका प्रमुख सानुबाबु थपलिया भन्छन् ।
जिल्लाका विभिन्न भागमा वनमास्न सक्रिय तस्करहरुको छुट्टा छुट्टै गिरोहलाई नत राजनितिक दलहरुले केही भन्न सकेका छैन् नत स्थानीय प्रशासनले केह र्ीगर्न नै सकेको छ । यसरी दिन युगुना रात चौगुना वन तस्कर भइरहदा पनि सरोकारवालाहरु चुप रहे भने 'हरियो वन नेपालको घन' भन्ने उखान बनाउने छन् ।