नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Thursday, July 10, 2008

दक्षिण ललितपुर विकास

रमेशप्रसाद तिमल्सिना
वर्षभरी खेतीबारीको उब्जनीबाट दुइ छाक र्टार्न धौ धौ छ दक्षिण ललितपुरबासीलाई । तर उनीहरु मध्ये अधिकांशको सपना छ चापागाउँ देखि सातदोबाटो सम्म मा एउटा सानो घर, एउटा स्थायी जागीर र अफिस घर गर्न एउटा सिम्पल मोटरबायक अनि विरामी हुदाका बखत उपचार गर्न थारै भएपनि बैक व्यालेन्स । तर, सुदुर ललितपुरका पाँच गा.वि.स. ठुलादर्ुर्लुङ, गिम्दी, आश्राङ, प्युटार र इकुडोलका जनता वर्षभरी दुयछाक टार्ने अन्नको जोहो गर्न सक्यो भने मात्र सबैथोक पुग्यो भन्ने ठान्छन् । छन त यी पाँचवटै गा.वि.सका बासिन्दाहरुको थोरै भए पनि खेती गर्न भीरपाखामा बारी र खरका छाना भएको साना घर पनि छन् । तर, परम्परागत कृषि प्रणाल रि भीरपाखाको जमीनका कारण उनीहरुको उब्जनीले बल्लतल्ल छरेको, रोपेको वीवउ जोगाउँ छ । खनजोत गर्दा लागेको ज्यालको त कुरा पुरै जाओस ।
यी र यस्ता बाध्यता भएको यी पाँच गा.वि.स. सँग दक्षिण ललितपुका अन्य गा.वि.सको पनि समानता छ । यस्ता बाध्यतासँग जेलिएका अन्य गा.वि.सहरुमा कालेश्वर, चन्दनपुर, गोटीखेल, मानिखेल, बुखेल, शंखु, चौघरे, भारदेउ, नल्लु, दलचोकी, भट्टेडाडाँ, माल्टा, घुसेल र देवीचौवर पनि पर्दछ ।
जिल्लामा रहेका ४१ वटा गा.वि.स. मध्ये निर्वाचन क्षेत्र १ मा २८ वटा गा.वि.स पर्दछन् । २८ वटा गा.वि.स.मध्ये र विकासका लागि पर्खाइमा बसेका १९ वटा गा.वि.स सदरमूकाम देखि दक्षिणमा पर्दछन् । हामी नेपालको कर्ण्र्ाालाई जसरी यी १९ वटा गा.वि.स लाई ललितपुरको "कणाली" का रुपमा हेर्र्छौ । यो हाम्रो रहर नभएर बाध्यता हो । बाध्यतै बाध्यताले जेलिएका यहाँका समस्याहरु फूकाउने अनेक उपाय हुदाहुदै राज्य र गैरराज्य -गैरसरकारी ल्न्इ तवरबाट उत्थानको उपाए अबलम्वन गर्ने चासो कमै देखाइउको छ ।
जिल्लाको कुल क्षेत्रफल ३८५ वर्ग किमी मध्ये ९९.२ प्रतिशत भुभाग पहाडमा पर्दछ । कूल क्षेत्रफल मध्ये खेतीयोग्य जमीन १५२.९६ वर्ग किमी रहेको छ भने वन क्षेत्रमा १५२.९६ वर्ग किमी पर्दछ ।

कर्ण्र्ााी सँगका तुलना
कर्ण्ाालीका जनता मोटरको आवाजले झसँग भए झै यहाँका बासिन्दा पनि झस्कन्छन् । कतिपय ज्येष्ठ नागरिक काठमाडोमै नआई स्वर्गीय भएका कुरा अग्रझसँगका कुराकानीबाट प्रष्ट हुन्छ । अघिकाँश प्रौढहरु काठमाडौमा ओहोर दोहोर गर्न अल्मलिन्छन भने जिल्लाका सरकारी कार्यालयबाट हुने काममा एक्लै आउन सक्दैनन् । यो सबै किन त - राज्यले यहाँका नागरिकलाई भेदभाव गरेको छ । यहाँका नागरिकको हकअधिकार राज्यले सुरक्षित गर्न सकेको छैन । भौगोलिक विकटता भन्दै यहाँका विकास निर्माणबाट राज्य पटक पटक पन्छिएको छ । तर राज्यले यहाँको सम्भावनाको क्षेत्र चिन्न सकेको छैन र पहिचान गर्न पनि चासो देखाएको छैन ।

विकासको पहल हुदै
नेपालमा भएको प्रजातन्त्रिक आन्दोलनको भाग- २ अर्थात २०६४ सालको जनआन्दोलनको सफलता पछि केही जनआधिकार सुरक्षित भए । विकासका काम विकेन्द्रीकृत भए । गाउँको विकास ुमाथिुबाट होइन तल्लो स्तरबाट शुरु हुन थाल्यो । त्यसपछि दक्षिण ललितपुरबासी विस्तारै जर्ुर्मुराउन थाले आफ्नै विकासका लागि । यहाँका जनतालाई कर्ण्ाालीका जनताको जस्तो 'दाता' भन्ने शब्द थाहा छैन । किन भने यो राजधानी ललितपुर हो । राजधानीको जिल्लाका जनताको यति नाजुक अवस्था हुन्छ भन्नेमा नत राज्य विश्वस्त छ न त दाता नै । २०४७ साल देखि अहिले सम्म यहाँका जति विकास हुनु पर्ने हो सो भने हुन सकेका छैन । यो भेगका ५ गा.वि.स बाहेक सबैमा मोटरबाटो खनि सकिएको छ । खासगरी २०५१ सालमा तत्कालिन सरकारको जनमूखि अभियानबाट यहाँका जनता मोटरबाटो प्रति प्रेरित बनेका हुन् । तर विधायक, निती निर्माताहरुको यथेष्ट ध्यान पुग्न नसक्दा र ध्यान पुगेर शुरु गरिएको काममा आर्थिक भ्रष्टाचार व्याप्त रहेकाले विभिन्न योजनाहरु अड्कीउका छन् । २०१३ सालमै शुरुवात गरिएको काठमाडौ हेटैडा जोड्ने छोटो बैकल्पिक मार्ग कान्तीराज पथ प्रजातान्त्रिक कालका १३ वर्षसम्म पनि पुर हुन सकेको छैन । यधापी चापागाउँ-गोटिखेल, चापागाउँ-घुसेल, चापागाउँ-शंखु जस्ता रुटमा मालबाहक मिनिट्रक बाहेक यत्रुवहाक बसहरु सञ्चालित छन् । कान्तिराजपथको बगुवा सम्म पनि मिनिवसले यात्रुहरु ओसार पसार गरिरहेका छन् ।

खेतीमा चासो
दक्षिण ललितपुरबासीले पछिल्लो समय खेतीमा चासो देखाएका छन् । चन्दनपुर र यसपासका किसानले चीयामा चासो देखाएका छन् । उनीहरु परम्परागत खेतीबाट वाक्क भएकाले आधुनिक चीयाखेती शुरु गरेको हुन । चीया खेतीबाट राम्रो आम्दानी हुने इलामका चीया किसान तारामणी खतिवडाको दावी छ ।
ठुलादर्ुर्लुङ्ग, गिम्दी क्षेत्रमा झन्डै १० वर्षदेखि कोदो पनि नफल्ने पाखो बारिमा कफि खेती शुरु गरिएको छ । यहाँ उत्पादित कफि खेतिबाट कफी आम्दानी भएको कफि व्यवसायीहरु बताउछन् । मिति ट्रकको सुविधा पुगेको गाउँहरुमा काउली, आलु, लसुन, अदुवा लगायतका तरकारीहरुको खेती शुरु गरिएको छ । तर तरकारी खेतीमा विषय प्रयोग भने गर्ने गरिएको छ । आगामी दिनमा अगाडी बढाउन पनि प्रयास शुरु भैसकेको छ ।

वन र पर्यावरण
दक्षिण ललितपुरको भूगोलको वनक्षेत्र साच्चिकै लोभलाग्दो छ । यहाँ महत्वपर्ूण्ा जडिवुटी देखि काठका रुपमा प्रयोग गरिने रुखहरु प्रशस्तै पाइन्छ । राष्ट्रिय फूल लालिगुरासको वन नै ढकमम्क देखिन्छ । पछिल्लो समय वन माफियाहरुको जालेले वान नष्ट गरेको छ । यसलाई जोगाउन सक्दा वन र पर्यावरणले आम्दानी बढाउन सक्दा सम्भावना प्रशस्तै छ । तर यतातिर वन कार्यालय लगायत वन क्षेत्रसँग काम गरिरहेका संघस)स्थाहरुको ध्ययन एकदमै कम गएको छ । वन जङ्गलमा विभिन्न जातका चराचुरुङगी, वन्यजन्तुले वासस्थान बनाएका छन् । विश्वमा अन्त कतै नपाइने काडे भ्याकुर ललितपुरमै पाइन्छ ।
र्
पर्यटकीय सम्भावना
जिल्लाका अग्लाअग्ला भूभागहरु पर्यटकीय सम्भावनाका आधारस्तम्भ हुन् । नेपाल अंग्रेज युद्धका वेला बनाइएका 'बङकर', कालेश्वर डाडो, लाँकुरीभञ्ज्याङ्ग, फूलचोकी, गोदावरी, कटुवाल दह, दलचोकी देखि चौधरे सम्मको देवीचौरको सुन्तोलाडाडो देखि सातकन्या डाडो सम्मको भू-भाग, इकुडोलको माझ खण्ड पर्यटन विकास गर्न प्रशस्तै सम्भावना भएका क्षेत्र हुन । यी क्षेत्रलाई सौर्न्दर्यका हिसावले र धार्मिक दृष्टिले पर्यटकीय रुपमा विकास गर्न सकिन्छ ।

खोलानाला
जलस्रोतमा धनि राष्ट्रका रुपमा परिचित हाम्रो देशमा दिनप्रतिदिन विद्युत कटोतीको मारमा उज्यालेबाट अंध्यारोमा दैनिकी वितिरहेको विधुत उत्पादन गरी जिल्लामा मात्र नभई छिमेकी जिल्लाहरुमा समेत विद्युत आपर्ूर्ति गर्न सकिन्छ । यतातिर राज्यको ध्यान जानु पर्छ । यी र यस्ता थुप्रै सम्भावनाका क्षेत्र जिल्लामा छन् । अझ उपत्यकाको धार्मिक, पर्यटकीय क्षेत्र, विश्वसम्पदा सूचिमा परेका स्थान जिल्लाको दिगो परिचयका खम्वा हुन । राजधानीको जिल्ला ललितपुरमा रहेका सम्भावना यहाँकै जनताको पहल र प्रयासमा राष्ट्रकासामू प्रस्तुत गर्न सक्नु पर्छ । यो जिल्लावासिको कर्तव्य हो ।