ँपत्रकारिता कसरी शुरु गर्नुभयो -
रु२०१२ सालमा शाखा अधिकृतको लोक सेवाको परीक्षामा पास भएको थिएँ, लिखित मौखिक दुबैमा । तर राज्यले मलाई नियुक्ति दिएन । राज्यले मलाई नियुक्ति नदिनुमा २ वटा कारण हुन सक्छ । तत्कालै त मलाई थाहा भएन तर पछि बुझ्दै जाँदा एउटा कारण म नेपाल कम्युनिष्ट पार्टर्ीीे सदस्य भएकाले होला र अर्को चाहीँ म संस्कृतको विद्यार्थी भएकाले हुन सक्छ । संस्कृतबालाले प्रशासन चलाउन सक्दैनन् भन्ने एउटा दृष्टिकोण थियो त्यतिबेला । म कम्युनिष्ट भएको राज्यसँग रर्ेकर्ड रहेको हुन सक्छ । तत्कालिन अवस्थामा कम्युनिष्टलाई द्रोही मानिन्थ्यो । यसरी राज्यले मलाई जागिर दिएन । तर मलाई जागिर खानु जरुरी थियो । त्यो बेलामा फुच्चे दैनिक 'हालखबर' भन्ने थियो । मैले त्यसैबाट पत्रकारिता शुरु गरेको हँु । २०१३ सालमा त्यो पत्रिका यहि मानव आवाजकै साइजमा निस्कन्थ्यो । पत्रकारिता मेरो आपतकालीन प्रवेश हो । मैले सरकारी जागिर नपाएकाले पत्रकारिता शुरु गरेको हुँ । यदि म त्यो बेलामा सेक्सन अफिसर भएको भए पत्रकार हुन्नथें ।
ँराज्यले त्यतिबेला जागिर नदिए राम्रै गरेछ हगी -
रुम सँगै जागिर खाने मीत्रहरुले पैसा त कमाउनु भयो होला तर अहिले कता बिलाउनु भयो । म भैरव रिसाल भएको छु । मेरो मुख्य कमाई नै यही हो । तपाई कहाँदेखि खोज्दै आउनु भएको छ ।
ँतपाई कम्युनिष्ट नभएको भए जागिरे हुनुहुन्थ्यो होला -
रुअहँ मलाई थाहा छैन । मैले त्यो रर्ेकर्ड खोज्न खोजेको सिंहदरबार नजलुन्जेल त्यो बुद्धि आएन ।, सिंहदरबार जलेपछि त्यो कागजपत्र सबै जल्यो । त्यो कुराको पुष्टि हुनै पाएन ।
ँसुविधा दिइन्थ्यो त्यतिबेला -
त्यतिबेला मलाई १ सय रुपैयाँ आउँथ्यो । मासिक १ सय लिनलाई पनि तीसै दिन काम गर्नुपथ्र्यो । १ सय रुपैयाँ एकै पटक त कहिल्यै पनि लिन पाइन मैले । २५/३०, २०, ५० यस्तै गरेेर १०० लिन्थे । किस्ताबन्दीमा । यदि मलाई राज्यले शाखा अधिकृतमा राखेको भए २ सय २५ रुपैयाँ आउँथ्यो ।
ँतपाईको पत्रकारिता शुरु रिपोर्टिङ्गबाटै हो -
रुहो, म संस्कृतबाट आएको मान्छे भएकाले लेख्ने नै काम पाएँ रिपोर्टिङ्गको । मैले पत्रकारिता पढेको होइन । त्यतिबेला पत्रकारिताका बारेमा नेपालीमा लेखिएका किताब पाइँदैनथे । हिन्दमा पनि कम थिए । अंग्रेजीमा धेरै नै थिए होलान् । २०१३ सालमा अनुभवबाट सिकें । मेरो गुरु चाँही भारतबाट निस्कने 'आज' भन्ने दैनिक पत्रिका हो । म त्यसैबाट सिक्थे । नेपालको चाँही गोरखापत्र र अन्य फुच्चे पत्रिकाहरु अलिअलि थिए । तिनै हुन् मेरा गुरु ।
ँपछि के गर्नुभयो त -
रुनेपाल समाचार भन्ने फुच्चे पत्रिका थियो । त्यसमा काम गरेे्र । त्यसपछि म २६ महिना अस्थायी शाखा अधिकृत भएँ । त्यतिबेला म चाँही आधा मनसुनबाट आधा योग्यताबाट राज्यको जागिरे भएँ । मैले डोटी, डडेलधुरा, दार्चुला र बझाङमा २०१८ को राष्ट्रिय जनगणना गर्ने काममा योगदान पुर्याएँ । जनगणना गर्दा अहिलेको लिम्पियाधुरा र कालापानी चाँही नेपालको हो भनेर मैले जनगणनामा राखेको छु । केन्द्रिय तथ्यांक विभागले दिने नक्सामा त्यो क्षेत्र हाम्रै भुभाग थियो तर त्यहाँ मान्छे कम बस्थे । कालापानीको मुहान लिम्पियाधुरा हो । त्यो भूभाग नेपालको हो भन्ने विषयमा म जिवित प्रमाणका रुपमा रहेको छु । २०२० सालम पछि राजाले हिन्दुस्तानलाई फौज राख्न दिएका हुन् । मेरो मुलुप्रतिको ठूलो उपलब्धी भनेको कालापानीको जनगणना गराउनु हो तर अहिले त्यो भूभाग हाम्रै छैन ।
ँत्यतिबेलाको पत्रकारिता र अहिलेको पत्रकारितामा कतिको फरक छ -
रुत्यो बेलामा पत्रकारिता आस्थाको हुन्थ्यो । अहिले व्यापारको पत्रकारिता छ व्यवसायिकरण । म व्यवसायिकरणको पर्ूण्ा विरोधी त होइन तर व्यवसायिक पत्रकारितामा प्रमुख हुनु हुँदैन । आस्था नै चाहिन्छ भन्ने मेरो धारणा हो । अहिलेको बेलामा कति समसामयिक छ -कति असमायिक छ - अरुलाई यो वि्षयमा चित्त बुझ्छ , कतिलाई बुझ्दैन , मलाई थाहा छैन । पत्रकारिता साहुहरुले चलाउने होइन । पत्रकारिताको नेतृत्व पैसावाला वा साहुहरुले लिने होइन ।
ँआस्थाबाट पत्रकारिता टिकाउन समस्या पर्ला नि -
रुधेरै समस्या पर्छ । पत्रकारहरु राख्दा पनि आस्था प्रतिआस्था राखेर नै राख्नु पर्छ । समाचारमाध्यामहरुमा अखबार बाँड्नेहरुदेखि सम्पादकिय लेख्ने व्यत्तिसम्मको पत्रिकामा शेयर हुनु जरुरी छ । मैले आस्थाको नाममा राजनीतिकरण भन्न खोजेको होइन । अपनत्वको भावनाको विश्वास गराउनु पर्छ मात्रै भनेको हुँ । सबैको थोरैथोरै भए पनि शेयर हुनर्ुपर्छ । त्यो पत्रकारिता राम्रो भयो भने सबैले लाभांश पाउँछन् । त्यहाँ उसको आस्था बढी हुन्छ र पत्रिका राम्रो बनाउन लाग्छन् ।
ँतपाई नेपालको सबै जिल्लामा पुग्नु भयो -
रुमैले पचहत्तर जिल्लामा नै टेकेको छु । ४/५ वटा जिल्लामा हेलिकप्टरबाट ५/७ मिनेट ओर्ल्याछु । त्यसले गर्दा सबैमा टेकेको छु भनेको ।
ँललितपुरको दक्षिण पहाडी भेगमा पुग्नु भएको छ -
रुम कान्तिराजपथबाट बागमतिसम्म पुगेको छु । उता चन्दनपुरमा २ महिना बसेको छु । १ महिना त चन्दनपुरको कालेश्वरी प्रावि -हाल निमावि) मा पढाएको थिएँ । ठूलादर्ुलुङ्ग तिर पनि पुगेको छु ।
ँदक्षिण ललितपुरलाई कसरी हर्ेर्नु भएको छ -
रुयो ललितपुरको पहाडी क्षेत्रले अहिले पनि हुम्ला, बझाङ, दार्चुलाको प्रतिनिधित्व गरेको छ । केही समय भयो मेरो त्यता सर्म्पर्क छैन । तर मैले बुझेको दक्षिण ललितपुर हुम्ला, जुम्ला, बझाङ र दार्चुला जस्तै हो । राज्यले जति प्राथमिकता दिनु पर्ने हो दिन सकेको छैन । भर्खरै प्राप्त बजेटमा पैसा बढाएको छ । त्यसले समेट्ला । बजेट खास गरी तीनवटा कुरा-एउटा भौगोलिक दूरता, दोश्रो पर्ुवाधार र तेश्रो जनसंख्याका आधारमा १५ देखि ३० लाख दिन सीमा तोकेको छ । त्यहाँ जनसंख्याले भ्याउँदैन । पर्ूवाधार र अभावले दक्षिण ललितपुरमा हरेक गाविसले ३० लाख पाउनु पर्छ नत्र तिनीहरु सधैं पछिका पछि पर्छ । गाउँघरहरु बनाउने कलाले कैयाँ घर राम्रा बनाइएका छन् । अहिले पनि त्यस्ता घर छन् । औपचारिक सबओभरसियर, ओभरसियर वातावरण बनाउनु मानवआवाज जस्ता पत्रिकाले महत्वपर्ूण्ा भूमिका खेल्छ । यस्ता पत्रिकाहरुको महत्व पनि ग्रामीण विकासका लागि नै हो । गाविसका सचिव गाउँमा वस्न थाले पछि उनीहरुले खानेपानी धमिलो आए धारा, पानी छिटो मर्मत हुन्छ । वहाँलाई रुघा लाग्दा वा ठेस लाग्दा औषधी नपाए त्यसको व्यवस्था गर्नुहुन्छ । वहाँको छोराछोरीले राम्रोसँग पढ्न पाएनन् भने विद्यालयमा दृष्ट्रि लगाउनु हुन्छ । जबसम्म स्थानीय निकायमा जनप्रतिनिधिको व्यवस्था हुन सक्दैन तबसम्म गाविस सचिवहरुको जिम्मेवारी बढी छ । त्यो पूरा गराउन र गाउँको कुनै केन्द्रमा मासिक बैठक राखेर स्थानीय विकास अधिकारीसँग गाउँ जाने बाटो बनाउनु पर्छ । यो काम पालैपालो गर्नुपर्छ । अनि मात्रै गाउँको विकास हुन्छ । नयाँ नेपाल बन्छ ।
प्रस्तुतीः रमेशप्रसाद तिमल्सिना