नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, May 20, 2009

कल्लीकुमारी पुनःस्थापित


ललितपुर । जेठ ४ गते

बोक्सीको आरोपमा मलमुत्र खुवाई चरम कुटपिट गरी यातना दिइएकी प्यूटार गाविस-९ की कल्लीकुमारी बिक, ४८, र उनको परिवारलाई राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानवअधिकार आयोगको पहलमा पुनःस्थापित ०६६ जेठ ४ गते गरिएको छ ।
बिकको परिवारलाई राष्ट्रिय महिला आयोगले ०६५ चैत १३ गते घटनास्थलबाट काठमाडौं सुरक्षाको लागि ल्याएको थियो । उनलाई माइती नेपालको पुनःस्थापना केन्द्र गौशलामा राखिएको थियो । उनलाई पुनःस्थापना गराउनको लागि राष्ट्रिय महिला आयोगकी सदस्य धनकुमारी सुनारलगायतको टोली प्यूटार गएको छ । मुख्य अभियुक्त गिरफ्तार नपरेको अवस्थामो उनको सुरक्षाको व्यस्था मिलाउनको लागि जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको सदस्य सुनारले बताइन् ।
बिकलाई प्यूटार गाविस-९ को गडिभन्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापक २५ वर्षीया बिमला लामा, स्थानीय शेरमान कान्छी र शेरमान तामाङलगायतले चैत ७ गते घरमै बोलाएर कुटपिट गरी मलमुत्र खुवाएका थिए । कल्लीकुमारीले भेदेको भनी बिमलाले गाउँले भेला गराई कुटपिट गरी मलमुत्र खुवाएकी थिइन् । बोक्सी स्वीकार् भन्दा नमानेपछि ब्लेडले स्तन काट्न थालेपछि कल्लिकुमारीले आफू बोक्सी भएको स्वीकारेकी थिइन् ।
घटनाको आरोपी प्यूटार गाविस-७ का १८ वर्षीय श्याम लामा र सोही स्थान निवासी २२ वर्षीय कमल गोलेलाई प्रहरीले ०६६ वैशाख ९ गते गिरफ्तार गरेपनि मुख्य अभियुक्त बिमला लामा फरार रहेकी छिन् । प्रधानाध्यापिका लामालाई पदबाट बर्खास्त गरिएको छ ।

गोपीकृष्ण भट्टराई