नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, May 20, 2009

देवकोटाको शतवाषिर्की र गोटीखेल

अमर गिरी
महाकवि देवकोटाको सम्झनामा सुनगाभा साहित्य सदन, ललितपुरले वैशाख २५ र २६ गते एक साहित्यिक समारोहको आयोजना गर्‍यो गोटीखेलमा । कार्यक्रममा सहभागी हुन मलाई पनि आमन्त्रण गरियो । अमृत तिमिल्सिनाको आग्रहलाई अस्वीकार गर्न सकिन“ । नया“ ठाउ“ हर्ेन पाइने, नया“ मानिसहरूस“ग चिनजान हुने र देवकोटाको सम्झना पनि हुने लोभले मलाई गोटीखेलले तान्यो । एक हुल साहित्यकार र पत्रकारहरूस“गै म पनि गोटीखेलतिर हानिए“ ।
गोटीखेल ललितपुरमा पर्छ तर लगनखेलदेखि ५२ किलोमिटर पर्ूव दक्षिणतिर । अमृतस“गको कुराकानीपछि एक बिम्ब बनेको थियो मेरो मस्तिष्कमा गोटीखेलको । तर, लेले काटेर अघि बढेपछि बनेको बिम्ब क्रमशः भत्कन सुरु गर्‍यो । ललितपुरमा यति निकट र पछि परेको ठाउ“ पनि छ, यस्तो मैले सोचेको थिइन“ । ग्रामीण क्षेत्र र मुख्य सहरदेखि टाढा भएकाले ठाउ“ पछि परेको होला भन्ने सामान्य अनुमान थियो मेरो । अमृतको कुरा पनि त्यस्तै थियो । तर, जब पहाडको सा“घुरो र डरलाग्दो कच्ची बाटो हु“दै बस गुड्न थाल्यो, वरिपरिका वस्तीका दृष्यहरू आ“खामा नाच्न थाले । मानिसहरूको दीनहीन अवस्था देखिन सुरु गर्‍यो बत्तीमुनिको अ“ध्यारो अनुभव हुन थाल्यो मलाई गोटीखेल । गोटीखेल मात्र होइन समग्र पर्ूर्वी दक्षिण क्षेत्र । गोटीखेल एक पाठ हो जसले हाम्रो राज्यको विकासनीतिमा रहेका गम्भीर त्रुटिलाई हाम्राअगाडि मार्मिक रूपमा पस्कन्छ र हाम्रो हृदयलाई भित्रैबाट हल्लाउ“छ ।
गोटीखेलका केही प्रबुद्ध मानिसहरूले यसलाई ललितपुरको 'जुम्ला' भन्दा रहेछन् । कुरा चल्दै जा“दा यसलाई 'जुम्ला' भन्नुको कारण पनि उनीहरूले बताए । गोटीखेल सा“च्ची नै जुम्ला हो ललिपतुरको । यसका निम्ति तर्क र व्याख्याको आवश्यकतै छैन । गोटीखेललाई हेरेमात्रै पुग्छ । झन्डैझन्डै सा“ढे चारघण्टा लाग्यो लगनखेलदेखि गोटीखेलसम्मको बाटो छिचोल्न । आमन्त्रणका बेला अमृतले बरु विराटनगर चा“डै पुगिएला तर गोटीखेल पुग्न ढिलो हुन सक्छ भनेका थिए । हामी रिजर्ब बसमा थियौ“ । त्यसैले हामी अलि चा“डै पुग्यौ“ । र्सार्वजनिक बसमा चढ्नेहरू बिहान हि“डेर सा“झै पुग्छन् गोटीखेल । त्यो पनि कठीन र डरलाग्दो बाटोमा यताउति जोल्ट्याङ खा“दै, आधा बिरामी जस्तो बनेर । न त्यहा“ मोबाइलले काम गर्छ, न टेलिभिजन नै राम्रोस“ग चल्छ । बिजुली बत्तिसम्म पुगेको छ त्यहा“ । गोटीखेलको यात्राभर मलाई दाङको कोइलाबासको सम्झना भइरह्यो । आजको होइन आजभन्दा तीस वर्षपहिलेको कोइलाबासको । दाङको दक्षिणी सिमानामा पर्छ कोइलाबास । भारतस“ग जोडिएको यो ठाउ“ कुनैबेला भारतस“गको व्यापारको मुख्य नाका थियो । १९/२० वर्षो लक्का जवान हु“दा दर्ुइ/तीन पटक ट्रयाक्टर चढेर पुगेको थिए“ म त्यो ठाउ“ । दिनभरको डरलाग्दो कच्ची बाटो हि“डेर कोइलाबास पुग्दा सा“झ हलेदो खाने भइन्थ्यो, गोटीखेलले त्यस्तै बनायो मलाई । के गोटीखेल ललितपुरमा पर्छ र - एकपटक होइन अनेकौ“पटक प्रश्न उठिरह्यो मनमा । ललितपुर जहा“ मङ्गलबजार र कुपन्डोल छ त्यही“ गोटीखेल पनि छ । एक विरोधाभाष हो यो यस भूगोलको, जसले हाम्रा नेता र योजनाविद्हरूलाई कति चिमोट्छ थाहा छैन तर संवेदनशील मनहरूलाई यसले छुन्छ र दुःखी बनाउ“छ । दुःखी बनायो मलाई गोटीखेलले, यसको दारुण कथाले, यसमाथिको अन्याय र उपेक्षाले ।
राज्यबाट जति ठगिए पनि एउटा जागरण भने आएको छ गोटीखेलमा । नत्र त साहित्यिक समारोहको आयोजना कसरी हुन्थ्यो र त्यहा“ - त्यो पनि एक दिने होइन दर्ुइ दिने कार्यक्रम । २६ गते महाङ्काल उच्च माध्यमिक विद्यालयमा कार्यक्रमको उद्घाटनपछि कवितावाचन सुरु भयो । सुन्दर कविता सुनाए स्थानीय प्रतिभाहरूले । अर्को दिन बिहान भव्य प्रभातफेरिबाट कार्यक्रमको शुभारम्भ भयो बाजागाजासहित । स्थानीय जनताको आकर्ष उपस्थितिका बीच कार्यक्रम सुरु भयो उच्च माविमा । धामी नाच, भजन आदि प्रस्तुत गरिए । त्यसपछि सुरु भयो कवितावाचन । अतिथि र स्थानीय प्रतिभाहरूले मन छुने कविताहरू सुनाए । तन्मय भएर कविता श्रवण गरे जनताले । कविताप्रतिको यो पे्रम, देवकोटाप्रतिको त्यो आदर एक अनुकरणीय दृष्टान्त अनुभूत भयो हामीलाई ।
सुनगाभा साहित्य सदनले गाउ“मा देवकोटाको शतवाषिर्कीको सर्न्दर्भमा कार्यक्रमको आयोजना गरेर एक स्तुत्य कार्य गरेको छ । यस्ता कार्यक्रमहरू प्रायः सहरमा हुने गर्दछन् तर यस्ता कार्यक्रमहरूलाई ग्रामीण क्षेत्रतिर लैजान बढी आवश्यक छ भन्ने लाग्छ मलाई । देवकोटालाई बढीभन्दा बढी जनताका माझ पुर्‍याउनर्ुपर्छ हामीले र उनका योगदानहरूबारे बुझाउनर्ुपर्छ । यसले साहित्यिक, सांस्कृतिक, जागरण ल्याउनेछ मानिसमा जसको खा“चो आज अझ बढी अनुभूत हुन्छ । देवकोटा नेपाली साहित्यका यस्ता 'माइल स्टोन' हुन् जसका योगदानहरूलाई स्मरण गर्नु मात्र पर्याप्त छैन, तिनलाई आत्मसात गर्न पनि जरुरी छ । देवकोटाको महानता आशुकवित्व र धेरै पुस्तकहरू लेख्नुमा छैन, उनका रचनाहरूबाट निःसृत मानवता र परिवर्तनका स्वप्नहरूमा रहेको छ । देवकोटाका सर्न्दर्भमा मलाई चेखबका सम्बन्धमा गोर्कीका भनाइहरू यतिबेला सम्झना भइरहेछ । गोर्कीले भनेका थिए, 'चेखब मानवताका भोका महान् लेखक थिए । भोकाएको मानिसले बेलाबखत का“चो भात पनि खान्छ । यो कुरा चेखबमा पनि लागू हुन्छ ।' यस्तै लाग्छन् मलाई देवकोटा । निस्त्रिmय स्वच्छदतावादको काव्य दुनिया“बाट सक्रिय स्वच्छन्दतावादतिरको यात्रा र सामाजिक सरोकारको गहन आत्मसातले नै उनलाई महान् बनाएको हो भन्ने लाग्छ मलाई । त्यसैले म उनको महानता उनको आदर्शमा खोज्छु, उनको सङ्लो जीवन र शब्द र कर्मबीचको एकत्वमा खोज्छु । मेरो विचारमा देवकोटा लेखकीय इमानदारिताका सबैभन्दा अब्बल दर्जाका उदाहरण हुन् । यही कुरा राखे“ मैले गोटीखेलमा । देवकोटाको साहित्यको अर्न्तर्वस्तुलाई नछोएर उनको आशुकवित्वमा महानता खोज्ने प्रवृत्ति मलाई दुःखपर्ूण्ा लाग्छ । देवकोटालाई हामीले बुझ्ने उनका उच्च र परिवर्तनकामी विचारहरूमा हो ।
गोटीखेलको यो जागरणले दियो बालिरहनर्ुपर्छ गोटीखेलमा । राज्यको त्रूटिपर्ूण्ा विकासनीतिका विरुद्ध ऊ जाग्नर्ुपर्छ र आफ्नो अधिकार खोज्नर्ुपर्छ । गोटीखेललाई प्रकृतिले ठगेको छैन, ठगेको छ राज्यले । त्यही प्रकृति गोटीखेलका निम्ति वरदान हुनसक्छ राज्यले ध्यान दियो भने । गोटीखेलका जनता परिश्रमी र पौरखी छन् । त्यहा“ बारीमा लहलहाएका हरिया तरकारी र तिनको व्यापारले उनीहरूको पौरखलाई देखाउ“छ । अब चाहिएको छ थप जागरण र सक्रियता, जसले गोटीखेलको आवाज सुन्न बाध्य बनाओस् राज्यलाई