स्थानीय निकायमा राजनीतिक दलको र्सवदलीय संयन्त्रले राजनीतिक पहुँच र विकटताका आधारमा योजना छनोट गर्ने गरेको आरोप लगाउँदै र्सवसाधारण जनताले तत्काल त्यसखाले परिपाटी अन्त्य गर्न माग गरेका छन्।
जिल्ला विकास समिति ललितपुरले लुभु, सिद्धिपुर, टिकाथली र लामाटार गाविसलाई समेटेएर बुधबार आयोजित र्सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै र्सवसाधारण नागरिकले राजनीतिक दलसँग पहुँच नभएका जनताले जिविसको नीति तथा कार्यक्रममा आफ्नो समावेश गर्न नसकेको समस्याहरूलाई पन्छाउने गरेकोजस्ता अनुभव सुनाए। त्यसैगरी अतिरिक्त लाभको अपेक्षाले कर्मचारीहरूले काम गर्ने भएकाले योजनाहरू पनि कार्यान्वयन नगर्ने, खानेपानीको समस्याजस्ता सवालहरू समाधान गर्न पनि उनीहरूले माग गरेका छन्।
कार्यक्रममा उठाइएका सवालहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास अधिकारी नारायण ज्ञवाली, एकीकृत माओवादीका जिल्ला सभापति चन्द्र महर्जन, नेकपा एकीकृतका जिल्ला सचिव (एमाले)का जिल्लासचिव मधुसूनदन पौडेल, एकीकृतका सचिव भूपेन्द्र नेम्वाङलगायतले समस्या समाधान गर्न चाँडै काम थालिने बताउनुभयो।
सुनिल महर्जनबाट