नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, May 20, 2009

माओवादी आक्रामणबाट यसरी बच्यौ“

पशुपति चौलागाईं
रामेछापमा माओवादीले हाम्रा कार्यकर्तामाथि निरन्तर आक्रमण गर्दै आइरहेका थिए । लगातारको ज्यादतिबाट गिरेको मनोबल उठाउन जिल्लास्तरीय भेला बोलाउने निर्ण्र्ााएक महिनाअगाडिको बैठकबाटै भएको थियो । जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रतिको स्मृति दिवस पारेर जेठ ३ गते त्यो भेला बोलाइएको थियो । त्यसैबेला पारेर माओवादीले लगातार जिल्ला छोड्न चेतावनी दि“दै वक्तव्यहरू प्रकाशित गर्नुका साथै धम्कीहरू दिइरहेका थिए । यसले जिल्लाका साथीहरूमा थप तनाव सिर्जना गरेको थियो । पार्टर्ीीेन्द्रीय कमिटीको चालू बैठक पनि यस विषयमा गम्भीर छलफल भएको थियो । परिस्थितिको संवेदनशीलता र जिल्लाको स्थिति हेरेर इन्चार्जका रूपमा मैले महासचिवर् इश्वर पोखरेललाई उक्त कार्यक्रम प्रमुख अतिथिका लागि अनुरोध गरे“ र हामी जेठ २ गते त्यसतर्फप्रस्थान गर्‍यौ“ ।
कार्यक्रम जिल्ला विकास समितिको हातामा आयोजना गर्ने तयारी थियो । माओवादीले त्यहा“ कार्यक्रम गर्न नदिन निकै हर्कत गरेछन् । तर, पार्टर्ीीार्यकर्ताहरूको व्यापक उपस्थिति र प्रशासनको सजगताका कारणले उनीहरूले अवरोध सिर्जना गर्न सकेनन् । कार्यक्रममा महासचिव पोखरेलसहित पोलिट्ब्युरो सदस्य रवीन्द्र श्रेष्ठ, केन्द्रीय सदस्यहरू केशव देवकोटा, कमलप्रकाश सुनुवार, कमला सुवेदी र म उपस्थिति थियौ“ ।
कार्यक्रम सकिएपछि महासचिवले जिल्लास्थित कार्यालय प्रमुखहरूस“ग भेटघाट गर्नुभयो भने हामीले पार्टर्ीीार्यकर्ताहरूस“ग भेटघाट र छलफल गर्‍यौ“ ।
कार्यक्रमस्थलमै हामीहरूलाई कालोमोसो दल्ने भन्दै माओवादीले आतङ्क सिर्जना गरेका रहेछन् ।
जेठ ४ गते बिहान दोलखामा रेडियो शैलुङस“ग कुराकानी र पत्रकार भेटघाट गर्ने उद्देश्यले चरिकोट पुग्ने गरी हामी बेलुका ५ः२० बजे रामेछापबाट प्रस्थान गर्‍यौ“ । मन्थलीबाट १७ किलोमिटर अगाडि तिल्पुङको भीरमा पुगेपछि अचानक ढुङ्गा बर्सने क्रम सुरु भयो । हामीमाथि आक्रमण गर्नका लागि माओवादीले योजनाबद्ध रूपमा आफ्ना कार्यकर्तालाई त्यहा“ पहिलेदेखि नै तैनाथ गरेको रहेछ । अगाडि म चढेको गाडी थियो । माथिबाट लगातार ढुङ्गा बर्सिन थाले ।
हाम्रो गाडीपछि स्कर्टिङ गरिरहेको प्रहरीको गाडी थियो भने त्यसपछि महासचिव कमरेड चढेको गाडी थियो ।
तलतिर तामाकोसी बगिरहेको थियो, माथिबाट हामीमाथि लगातार ढुङ्गा प्रहार भइरहेको थियो । यस्तो अवस्थामा हामी सबैले ढुङ्गा प्रहारबाट तामाकोसीमा खसेर मृत्युवरण गर्नुबाहेक अर्को उपाय थिएन । त्यतिबेला सा“झको साढे छ बजिसकेको थियो । बाटो असाध्यै सा“घुरो थियो । भीरवरिपरि वस्ती थिएन । त्यही कारणले हत्या गर्नका लागि माओवादीले उपयुक्त ठाउ“का रूपमा त्यसलाई रोजेका रहेछन् भन्ने सजिलै बुझ्न सकिन्थ्यो ।
ढुङ्गा प्रहारलाई बेवास्ता गर्दै हामीले गाडी अगाडि बढायौ“ । अन्ततः गाडी क्षत्रि्रस्त भयो ।
महासचिव चढेको गाडीलाई चालकले भित्तामा धकेले । ठीक त्यतिबेला प्रहरीले हवाई फायर गर्‍यो । त्यसपछि उनीहरू त्यहा“बाट भाग्न बाध्य भए ।
हामीमाथि आक्रमण गर्नका लागि माओवादीले दिउ“सोदेखि नै 'वडा भेला' भनी मानिसहरू जम्मा गरेका रहेछन् । बाटोभरिमा सबभन्दा अप्ठेरो ठाउ“ रोजी उनीहरूले हत्या गर्ने योजना बनाएका रहेछन् । पार्टर्ीीे महासचिवकै हत्या गर्ने यो गम्भीर योजना जिल्ला, क्षेत्र वा गाउ“को योजनामा पक्कै बनेको होइन होला । यसका लागि त माओवादीको केन्द्रले योजना बनाएको हुनर्ुपर्छ ।
यो हत्या प्रयास कुनै आवेग वा उत्तेजनाको परिणाम होइन । कुनै विवाद वा झडप नै नभएको अवस्थामा आक्रमण हुनुले यो सुनियोजित हो भन्ने पुष्टि गर्दछ । एमालेका महासचिवको हत्या गरेर उनीहरू शान्तिप्रक्रियालाई भत्काउन चाहन्थे भन्ने घटनाक्रमले स्पष्ट पारेको छ ।
त्यतिबेला काठमाडौ“मा पुष्पकमल दाहाल शान्तिको भाषण गर्दै थिए भने धनगढीमा लीलामणि पोखरेल सबैलाई गाउ“बाट खेद्ने निर्देशन दि“दैथे । त्यसैले यसलाई संयोग मात्र भन्न सकि“दैन ।
रामेछापमा माओवादीले एमालेका विरुद्ध ज्यादतीको पराकाष्टा नै नाघेका छन् । ०६४ भदौ १५ गते तत्कालीन जिल्ला सचिव देवशङ्कर पौडेललाई सा“घुटार बजारमा कालोमोसो र जुत्ताको माला लगाई कुटपिट गरिएको थियो । त्यसपछि पनि देवशङ्कर पौडेल र उहा“को टोलीमाथि चुनाव प्रचारका क्रममा निकै घातक आक्रमणहरू भए । निर्वाचनका बेला उहा“ लामो समयसम्म शिक्षण अस्पतालमा भर्ना नै हुनुपर्‍यो ।
बागमतीकै धादिङमा राजेन्द्रप्रसाद पाण्डेमाथि पनि त्यस्तै साङ्घातिक आक्रमण भएको घटना कसैले बिर्सर्ेेे छैन । दोलखामा च्यामा, हावा, सहरे मालु, शैलुङ, पवटी, गैरीमुदी, सुनखानी र लामिडा“डा गाविसमा निर्वाचनका क्रममा म र आनन्द पोखरेलमाथि पनि यस्तै ज्यादतीहरू भएका थिए । रसुवामा माधव अर्याललाई पनि माओवादीले गर्नुसम्म ज्यादति गरे । निर्वाचनका क्रममा मतदान केन्द्र लुट्ने, कब्जा गर्ने र अरूलाई मतदान गर्न नदिनेसम्मका गतिविधिहरू उनीहरूले खुलेआम गरेका थिए ।
यो क्रम निर्वाचनपछि पनि जारी रह्यो । उनीहरूकै नेतृत्वमा सरकार बनेपछि रामेछापको सदरमुकाममा आयोजित हाम्रो युवा भेलामाथि नै उनीहरूले आक्रमण गरे । माओवादीका सहइन्चार्ज भनिने राजन दाहालले नेकपा -एमाले)को पार्टर्ीीार्यालयमा तालाबन्दी गरे भने उपसचिव शान्तिप्रसाद पौडेलमाथि हातपातसमेत गरे ।
जिल्लाभरि नै फरक मत राख्ने राजनीतिक पार्टर्ीी नेता, कार्यकर्ताहरू, सामाजिक कार्यकर्ता र पत्रकारहरूलाई एक साताभित्र आत्मर्समर्पण गर्न वा जिल्ला छोड्न चेतावनी दि“दै त्यसो नगरे भौतिक कारबाहीको लागि तयार उनीहरूले सूचना टा“स गरिरहेका छन् ।
यस्तै, अपराधहरूको पराकाष्टास्वरूप अहिले महासचिवसहितको हाम्रो टोलीमाथि माओवादीहरूले आक्रमण गरेका छन् । यो अक्षम्य अपराध हो । यसलाई कुनै सामान्य घटनाका रूपमा लिइनुहु“दैन । मानवअधिकार समुदायका साथै अन्तर्रर्ााट्रय समुदायले पनि यसलाई गम्भीरतापर्ूवक लिनर्ुपर्छ । अपराधीहरूलाई कानुनी दायरामा ल्याउनर्ुपर्छ । अनि मात्र माओवादीको अतिवाद, र्सवसत्तावाद र अधिनायवादलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ ।
-एमालेका पोलिटब्युरो सदस्य चौलागाईं पनि माओवादीको आक्रमणमा पर्नुभएको थियो ।)