
जिल्लाका उच्च अधिकारीहरुलाई शहरको भीडभाडबाट शान्त वातावरण भएको गाउँमा भेला हुने अवसर जुर्राई दिएको छ विश्व वातावरण दिवसले । ललितपुर जिल्लाका अधिकारीहरुलाई यसरी कोलाहालमुक्त वातावरणमा भेला हुन प्राविधिक रुपमा सहयोग जुटाएको थियो जिल्ला वन कार्यालय, ललितपुर तथा जिल्ला भूसंरक्षण कार्यालय, ललितपुरले । कोलाहालमुक्त बिशंखुनारायण मन्दिर छेवैमा रहेको जिल्ला आयर्ुर्वेद स्वास्थ्य केन्द्रको जग्गामा वृक्षारोपण गर्न प्रमुख जिलला अधिकारी लक्ष्मीप्रसाद ढकालसंगै जिल्लामा रहेका सरकारी कार्यालय प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु भेला भएका थिए । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विश्व वातावरण दिवस मनाउन एक समिति गठन भएको र सोहि समितिले यो कार्यक्रमको आयोजना गरिएको समितिका सदस्य सचिव अनिरुद्र महर्जनले बताउनु भयो । यहाँ वृक्षारोपण कार्यक्रमको आयोजना वातावरणीय असरबाट जोगिन मात्रै नगरिएको आयर्ुर्वेद औषधीको महत्व बढाउन पनि गरिएको जिल्ला आयर्ुर्वेद केन्द्रका बरिष्ठ कविराज गोबिन्द ढकालले मानव आवाजलाई जानकारी गराउनुभयो । वहाँले आयर्ुर्वेदलाई पछि पारिएको वर्तमान समयमा यसको प्रचारप्रसार गर्दै आयर्ुर्वेद चिकित्सालाई बढावा दिनुपर्ने कुरामा जोड दिनुभयो । वहाँका अनुसार आयर्ुर्वेद चिकित्सालाई नयाँ संविधानमा प्रमुख चिकित्साका रुपमा स्पष्ट लेखेर प्राथमिकता दिनर्ुपर्दछ । न यहाँ कसैले भाषण दिए न कसैले नाराबाजी नै लगाए । यहाँ त सबैजनाले हातमा कुटो कोदालो लिएर विरुवा रोपिमात्रै रहे ।
यहाँ आयर्ुर्वेद औषधीका रुपमा काम लाग्ने हर्र्रो, अमला, धुपी, ज्यागरण्डालगायतका जातजातीका विरुवाहरु रोपिए । झण्डै ५ रोपनी क्षेत्रफल रहेको केन्द्रको जग्गामा रोपिएको विरुवाको हेरचाह र गोडमेल गर्ने जिम्मा पनि केन्द्रले नै लिने भएको छ ।
यसैवीच पर्यावरण चक्र रेडियो तथा अन्य वातावरणीय संघसंस्थाले र्यालीको आयोजना गरी वातावरण दिवस मनाएका छन् । यसैगरी वर्षरी नै वातावरणका विषयमा हामीले चिन्ता गर्ने हो भने विश्वमा बढ्दै गएको तापक्रम नियन्त्रण हुने थियो होला ।