नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Thursday, June 11, 2009

बोक्सी भनी मुलमुत्र खुवाएको आरोप लागेकी लामा गिरफ्तार


प्यूटार गाविस की कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई फरार रहेकी विमला लामा गोलेलाई ०६६ जेठ २७ गते बिहान ११ बजे प्रहरीले ललितपुर उपमहानगरपालिका कुमारीपाटीबाट गिरफ्तार गरेको छ ।
प्रहरीले गिरफ्तार गोलेमाथि सार्वजनिक अपराध र मुलुकी ऐन अदलको १० नम्बर महलको बोक्सीको आरोपमा अमानवीय क्रुर यातना अर्न्तर्गत मुद्दा दायर गरेको थियो । प्रहरीको खोजिमा रहेकी गोलेलाई जिल्ला प्रशासन कार्यालय जाने क्रममा कुमारीपाटीबाट गिरफ्तारर गरेको हो । गोलेलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा हिरासतमा राखिएको छ ।
महानगरीय प्रहरी परिसरका डिएसपी बसन्त कुँवरले सर्वसाधारणले गोले जिल्ला प्रशासन कार्यालय जान लागेको सूचना दिएपछि सोही सूचनाको आधारमा गोलेलाई गिरफ्तारर गरेको जानकारी दिए ।
गिरफ्तारर गोलेले कल्लीकुमारीलाई कुटपिट गरेको स्वीकार्दै दिशा नखुवाएको बताइन् । उनले भनिन्, 'मैलै कल्लीकुमारीलाई निदारमा हिर्काएको हो ।' आफू बिरामी भई मकवानपुर जिल्ला छत्तिवन गाविसमा दिदीको घरमा गएर बसेको बताइन् ।
प्यूटार गाविस स्थित गडिभञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानध्यापिकासमेत रहेकी गोले चैत १२ गतेदेखि फरार रहँदै आएकी थिइन् । उनले चैत ७ गते किल्लीकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट र दिशा खुवाएकी थिइन् ।
गोपीकृष्ण भट्टर्राईबाट