Monday, June 8, 2009
यि हुन् नेपालकै एकमात्र शर्ेपा आयर्ुर्वेदकर्मी
होचो कदका शर्ेपा जति जङ्गी देखिन्छन् त्यति नै मिलनसार रहेछन् । गत शुक्रबार संवाददाताले बिशंखुमा भेट गरेका शर्ेपाको सरकारी जागीरको शुरुवातको कथा नौलो रहेछ । २०३४ सालमा एसएलसी पास गरेका शर्ेपाले तत्कालिन मालेको राजनीतिक प्रभावका कारण आयर्ुर्वेद पढेका रहेछन् । 'तत्कालीन समयमा राजनीतिक रुपमा मालेको बिगबिगी थियो । भारतीय विस्तारवादले नेपालमा कम्युनिष्टको प्रभाव बढ्दै गएपछि नाकाबन्दी लगाउँछ । एलोपेथिक औषधी सबै बाहिरबाट आउने भएकाले सबै रोकिन्छ । त्यस्तो बेलामा देश र जनताका लागि हामीले हाम्रै देशबाट सेवा दिन सक्नर्ुपर्छ भन्ने मान्यता थियो ।'-शर्ेपाले आयर्ुर्वेद पढ्नाको रहस्य खोले । नरदेवी आयर्ुर्वेद क्याम्पसमा अध्ययन गरेका शर्ेपाको पेन्सन भएको पनि २ वर्षभैसकेको छ तर पनि शर्ेपा तन्नेरी जोसका साथ आयर्ुर्वेद चिकित्सा पद्धतिको महत्वका बारेमा जनमानसमा सकेजति जानकारी दिने बताउँछन् । उनले आफु नेपालकै एकमात्र शर्ेपा आयर्ुर्वेदकमी रहेको दावीसमेत गरे ।