नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Sunday, June 21, 2009

अन्नपूर्ण पोष्टको प्रेसमा तोडफोडप्रहरीद्वारा २० राउण्ड अश्रु ग्यास प्रहार

गलत समाचार प्रकासित गरेको भन्दै ललितपुरको सैंबु भैंसेपाटीका स्थानीय बासिन्दाहरुले अन्नपूर्ण पोष्टको भैसिपाटीस्थित प्रेस तोडफोड गरेका छन्।
सोमबार बिहानैदेखि स्थानीय बासिन्दाले भैसेपाटीस्थित सामा प्रिन्टर्सको प्रेस तोडफोड गर्न सुरु गरेका थिए।
अन्नपूर्ण पोष्टले सोमबारको अंकमा प्रहरीले ललितपुरको बुङमतिबाट युवतीको शरीरको गिंड बरामद गरेको समाचार प्रकासित गरेको थियो। बुङमतिको एक घरवाट शव निकालिएको भन्ने भ्रामक समाचार प्रकाशित गरेको भन्दै स्थानीयबासिन्दाले प्रेस तोडफोड गरेका हुन्।
तोडफोडमा संलग्न स्थानीय वासिन्दालाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि प्रहरीले करिब २० राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरी स्थानीय बासिन्दाबीच करिब एक घण्टासम्म झडप भएको थियो।
झडपका क्रममा करिब आधा दर्जन स्थानीय बासिन्दा घाइते भएका छन्। प्रहरीले एबीसी टेलिभिजनका पत्रकार मिनाल पाण्डेलाई पनि लाठी प्रहार गरेको छ। लाठी प्रहारबाट पाण्डे सामान्य घाइते भएका छन्।
पाँच सयभन्दा अधिकको संख्यामा रहेका स्थानीय बासिन्दाहरुले अन्नपूर्ण पोष्टका प्रतिहरु पनि प्रेसबाटै झिकेर जलाएका छन्। प्रहरीले प्रेशलाई अहिले पूर्ण नियन्त्रणमा लिएका छन्। स्थानीय बासिन्दाले आफूहरुलाई फसाउन खोजेको भन्दै तोडफोड गरेका थिए।