नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Monday, June 8, 2009

न्यूनतम शर्त पूरा गर्ने कसरत

जिविस ललितपुरले स्थानीय निकायको कामको मुल्याङ्कनका लागि गरिने 'न्यूनतम शर्त तथा कार्यसम्पादन मापन'का लागि एक दिने अभिमूखीकरण सम्पन्न गरेको छ । अभिमूखीकरणमा मुल्याङ्कनकर्ता र गाविसका सचिवहरुको सहभागिता रहेको ललितपुरका आन्तरिक लेखा परीक्षक बद्री ढकालले मानव आवाजलाई बताउनु भयो । वहाँका अनुसार स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका प्रबन्धक गोपी खनालले अभिमूखीकरणमा सहजकर्ताको काम गर्नु भएको थियो । तालिमपछि गाविसको काममा निखारता आउने अपेक्षा गरिएको छ ।
यसैवीच जिविस ललितपुरले गाविसको न्यूनतम शर्त मापनका लागि अधिकारीहरु तोकेको छ । जिविस ललितपुरका अनुसार आश्राङ, गिम्दी र ठूलादर्ुर्लुङका लागि रामजीप्रसाद चौंलागाई, कालेश्वर, चन्दनपुर र गाटिखेलका लागि हुनुहुन्छ । त्यसैगरी प्यूटार, माल्टा र भट्टेडाँडाका लागि बाबुराम दहाल, बुखेल, इकुडोल, शंखु र दलचोकीका लागि तिर्थप्रसाद पौडेललाई कार्यभार ताकिएको छ । कार्यभार तोकिनेहरुमा भवनाथ खतिवडा चौघरे, मानिखेल र नल्लु, चमेली शाक्य घुसेल, देबीचौर र डुकुछाप हुनुहुन्छ । लेले, भारदेव र चापागाउँका लागि रामबाबु पुरी, बडिखेल, विशंखुनारायण, गोदामचौर र गोदावरीका लागि बद्रीप्रसाद पौडेल हुनुहुन्छ । छम्पी, बुग्मती, खोकना र सैंबुका लागि अनिरुद्र महर्जन, झरुवाराशी, ठैचो र सुनाकोठीका लागि बसन्तराज पुरी, ठैव, हरिसिद्धि, धापाखेल र इमाडोलका लागि बिमला अमात्य तथा लुभु, लामाटार, टिकाथली र सिद्धिपुरका लागि निरबिक्रम कार्कीले जिम्मेवारी पाउनु भएको आलेप बद्री ढकालले मानव आवाजलाई जानकारी गराउनु भएको छ ।