नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, July 1, 2009

अपहरणकारी हुन् /होईनन् चिनौं

कक्षा १२ मा अध्ध्यनरत ख्याती श्रेष्ठको हत्या, बालबालिका अपहरण, शिक्षकद्वारा विद्यार्थीमाथि कुटपीट, हत्याराले छुटेपछि प्रहरीलाई नै गोली ठोक्ने धम्की । यस साता यि र यस्तै घटनाहरुको बारेमा पत्रिकाहरुका पाना भरिएका छन्, रेडियोमा समाचारहरु बजेका छन्, टेलिभिजनका स्त्रिmनहरुमा यिनै घटनाहरुको बारेमा संकलित दृष्यहरु देखाईएको छ । यस्तै घटनाहरुको कारणले जनता आजित छन्, आतंकित छन् । नेपाल बन्द, जिल्ला बन्द, ठाउँ बन्द, हुँदैहुँदै गास बन्द अनि सास बन्द व्यहोर्नेे स्थितिमा श्रमजीवि साधारण जनता पुगेका छन् । हालैका घटनाक्रमले साना बालबालिका हुन् वा उच्च शिक्षा अध्ययन गर्ने उमेरका किशोर किशोरी नै किन नहुन् विद्यालय पठाउन अभिभावकहरु हच्केका छन् र हच्कनु पर्ने वातावरण पैदा भएको छ ।
विद्यालयबाट बालबालिका अपहरणको घटना बृद्धि भएकोले हिजोबाट काठमाण्डौका केही निजि विद्यालयहरुले बाल सुरक्षा अवधारणाको रुपमा अभिभावकहरलाई परिचयपत्रको व्यवस्था गर्ने नीति ल्याएका छन् । यसबाट केही रुपमा सुरक्षा हुने आश पाल्न सकिन्छ । तर, सरकारबाट जुन रुपमा शान्ति सुरक्षाको व्यवस्तथा हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन, राजनीतिक अस्थिरता र जनताको हीतको लागि राजनीति गर्ने भनिएका राजनीतिक पार्टर्ीीको खिचातानीको कारणले । अपहरणको खबरले नागरिकहरु आतंकित बनिरहेका छन् । तर्राईका जिल्लाहरुमा अपरिचित व्यक्ति देख्नासाथ स्थानीयहरुले कुटपीट गर्ने, जिउँदै जलाउने कार्यसम्म भएको छ । आम नागरिक तथा प्रहरी प्रशासनको आरोपित व्यक्ति अपहरणकारी हो कि होइन छुट्याउने तिर कम ध्यान गएको छ । ललितपुरमा पनि यो आशंका धेरै जन्मिएको छ । एक महिना अगाडी ललितपुरको भारदेउ, चौघरे क्षेत्रमा बाहिरबाट झाँक्रिहरु बच्चा भोग गर्न आएका छन् भनेर हल्ला चलेको थियो । हो कि होईन छुट्याउने तिर कसैको पनि ध्यान गएको पाईएन र बच्चाहरुलाई सुरक्षाको लागि केही सिकाईएन । गत शुक्रबार छम्पी गाविसको इटाहीटिका बालबालिकाहरु अपहरण गर्ने प्रयास गरेको आशंका गरिएको थियो । बालबालिकाको भनाईको आधारमा धापाखेल गाविसका २ जनालाई स्थानीयद्वारा अपहरणकारी भन्दै कुटपीट गरेका थिए । कुटपीटबाट र्घाईते बनेका ति २ लाई प्रहरीले प्रहरी वृत्त चापागाउँमा ल्याएको थियो । त्यसपछि उनीहरुलाई तत्काल उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको विषयलाई स्थानीयहरुले प्रहरीद्वारा अपराधिलाई संरक्षण दिएको आरोप लगाउँदै आक्रमण गरेका थिए । आक्रमण अनियन्त्रित बनेको भन्दै प्रशासनले कर्फ्र्यु लगाएको थियो । यस्तो अवस्थामा हामीहरुले पनि अपहरणकारी हुन् कि होईनन् छुट्याउँदै कानुनी रुपमा अपराधीलाई सजाँय हुनर्ुपर्दछ भन्ने माग राख्नु पर्दछ र राज्यले पनि अपराधी केही गरेपनि नउम्कने वातावरण बनाउनु पर्छ । यसै मान्यताका साथ काम कारवाही अगाडी बढाए शान्ति सुरक्षा सबल बन्छ र आम नागरिक मानशिक आतंकित बन्दैनन् । यस्तै आशंका रहिरहने हो भने भोलिका दिनमा आफ्ना आमाबुबा भन्दा अरु कसैले बोलेमा अपहरणकारी भनेर कुर्टाई खानु पर्ने दिन नआउला भन्न सकिन्न । अपहरण हुने आशंकाले आफ्ना छोराछोरीलाई पढ्नबाट बञ्चित बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसमा हामी सबै चनाखो बन्नु जरुरी छ ।
अर्जुन मिलनबाट