नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Saturday, October 24, 2009

चापागाउ“मा योग शुरु

योग गर्नेहरु कति क्रेजी छन् भन्ने कुरा गत शनिबारबाट चापागाउँमा शुरु गरिएको योगमा आउनेहरुको भीडबाट प्रष्ट हुन्छ । मार्गदर्शन सहकारीको आयोजनामा कञ्चन माविमा शुरु गरिएको योग शीविरमा दर्ुइ सयको हाराहारीमा सहभागी रहेको कुरा सहकारीले बताएको छ । पतञ्जली योग शीविरबाट आएका प्रशिक्षकहरुले सहभागीहरुलाई कहिले हँसाउँदै त कहिले नचाउँदै योगका विभिन्न ज्ञानहरु दिईएको सहभागीहरुले बताएका छन् । 'रागी होईन योगी बनौ, योग गरेर स्वस्थ रहा'ैं भन्ने मूल नाराका साथ शुरु गरिएको गोग शीविरमा बुढाबुढी, महिला, केटाकेटी तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको सहकारीका उपाध्यक्ष तथा कञ्चन अंग्रेजी स्कूलका संस्थापक नवराज महतले बताउनु भयो । वहाँका अनुसार यो शीविर एक सातासम्म चल्नेछ । शीविरमा भाग लिन आएकाहरु अधिकाँश आफ्नो पेट सफा हुने विश्वासका साथ आएका थिए । 'बिहानबिहान टेलिभिजनमा आएको कार्यक्रम हेरेर योग सिककिन्थ्यो । आज त प्रत्यक्ष सिक्न पाईयो ।'-शीविरमा सहभागी एक युवकले भने । योगप्रति यति धेरै आकर्षा किन होला भन्ने जिज्ञासामा सहभागीहरुले योगमा नै सबै कुरा भएको बताए । 'पहिलापहिला कामको चाप हुन्थ्यो कामैले योगको काम गथ्र्यो अहिले खोई र काम अधिकाँश कर्ुर्सर्ीील्लाएको भरमा खान्छन् । खाएको पचाउन पनि त योग गर्नु पर्‍यो नि !'- श्यामहरी महर्जनले भने ।