नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Saturday, October 24, 2009

भट्टेडाँडामा काव्य गोष्ठि

सुनगाभा साहित्य सदन चन्दनपुरले आज भट्टेडाँडामा आयोजना गरेको काव्य गोष्ठीमा ३० जना भन्दा बढिले आफ्नो सिर्जना बाचन गरेका छन् ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको सतबाषिर्की मनाउने क्रममा यो कार्यक्रमको आयोजना गरिएको संस्थाका सदस्य अमृतनाथ तिमल्सिनाले जानकारी दिनुभएको छ ।
गत वर्षमदन पुरस्कारबाट पुरस्कृत युवराज नयाँघरेको प्रमुख आतिथ्यतामा सम्पन्न यो गोष्ठिमा कविता, गजल, मुक्तकलगायतका काव्य सिर्जना अतिथि तथा सहभागिहरुले बाचन गरेका हुन् ।
प्रमुख अतिथिको रुपमा नयाँघरेले दक्षिण ललितपुरमा यस्तै थुप्रै साहित्यिक कार्यहरु गर्न सके यहाँका नवर्सजकहरुलाई हौसला मिल्ने बताउनु भयो ।
कार्यक्रममा प्रगतिशील लेखक संघ ललितपुरका अध्यक्ष तथा साहित्यकार केशवराज सिल्वालले ललितपुरको भूमिमा साहित्यको वीउ रोपिसकिएको र त्यसलाई गोडमेल गरी हर्ुकाउन बढाउन मात्रै बााकी रहेको बताउनुभयो ।
यहि कार्तिक २७ गते चापागाउँमा अर्को काव्य गोष्ठिको आयोजना गरिएको कार्यक्रमका संयोजक तथा निबन्धकार गोपाल सञ्जेलले बताउनुभयो ।