नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Thursday, March 25, 2010

इकुडोलले निराक्षर उन्मूलन गर्ने

देशभर राष्ट्रिय साक्षरता अभियान चलिरहँदा ललितपुरको इकुडोल गाविसले भने सिङ्गो गाविसलाई निराक्षर उन्मूलन घोषणा गर्ने भएको छ । इकुडोलको गाउँस्तरीय साक्षरता समिति, गाविस, जिल्ला शिक्षा कार्यालय र नागरिक अधिकार सरोकार मिशन नामक संस्थाको संयुक्त प्रयासमा यहाँ निराक्षर उन्मूलन गर्न लागिएको नागरिक अधिकार सरोकार मिशनका अध्यक्ष गोपाल सञ्जेलले बताउनुभएको छ ।
सरकारको तर्फबाट ९ वटा कोटा पाई साक्षरता कार्यक्रम शुरु गरेको इकुडोल गाविसले शिक्षा विभागमार्फत जिल्ला शिक्षा कार्यालयबाट थप ९ कोटा हात पारेपछि गाउँलाई पुरै साक्षर बनाउन लागिएको गाविसका सचिव रुपलाल तामाङले बताउनुभएको छ । यो अभियानमा सामेल १८ जना स्वयम्सेवक र निरिक्षकहरुले गरेको काम प्रशंसनीय भएको यहाँ स्थित जनजागृति माविका प्रधानाध्यापक हरिनन्द घिमिरेले बताउनुभएको छ । योजना मूताविक काम सम्पनन गर्नसके इकुडोल ललितपुरमा निराक्षर उन्मूलन गर्ने पहिलो गाविस हुने ललितपुरका जिल्ला शिक्षा अधिकारी केशव दाहालले बताउनुभएको छ ।