नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Sunday, April 30, 2017

ललितपुरका अधिकाँश उम्मेदवार छनाेट !

ललितपुरका महानगरपालिका, नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दलले अधिकांश उम्मेदवार तय गरेका छन् । बाँकी उम्मेदवारको नाम वैशाख १७ गते बेलुकासम्ममा टुंगो लगाउने कांग्रेस, एमाले र माओवादी केन्द्रले जनाएका छन् । कतिपय उम्मेदवारको टुंगो लागे पनि आइतबार मात्र घोषणा गरिने स्रोतको दावी छ ।

Wednesday, April 26, 2017

ललितपुरमा एमालेबाट कोको छन् उम्मेदवार ?



ललितपुर । वैशाख १३ गते
नेकपा एमालेले महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का गरेको छ । 
नेकपा एमाले ललितपुरले बाँकी अन्यको हकमा निर्वाचनका लागि मेयर तथा उपमेयर तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी तथा उमेदवारको नाम प्रदेश कमिटिमा पठाएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुखको भने जिल्ला स्तरसम्ममा सहमति निकाल्न नसकेपछि प्रदेश कमिटि समक्ष सिफारिस गरिएको पनि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जानकारी दिए ।

Tuesday, April 25, 2017

‘सही पनि एमाले, मै पनि एमाले’ - गायक बद्रि पगेंनी (भिडियोसहित)

काठमाडौँ, १२ वैशाख चर्चित लोकगायक लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ ।