नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, October 22, 2013

ललितपुर एकमा हरिको हरिविजोग, उदयको उपद्रो उदांगो


ललितपुर । कार्तिक ६ गते
नेकपा एमालेले यसपटकको निर्वाचनमा विगतको इतिहासलाई फर्काउने निश्चित भएपछि विपक्षीहरुको होसहवास उडेको छ । एक राष्ट्रिय दैनिकसँग कुरा गर्दै एकीकृत माओवादीका उम्मेदवार हरि दहालले निर्वाचनमा कसको जित हुन्छ भन्न नसकिने भन्दै आपूmले जिते त्यो जित सिंगो पार्टीको हुने प्रतिक्रिया दिएका छन् । यति वाक्य पढेपछि थाहा हुन्छ कि माओवादी हारका लागि तम्तयार परिसकेको छ । आश्राङका एक माओवादी कार्यकर्ताले आज विहानै ललितपुर समाचारसँग कुरा गर्दै भने माओावदीको सम्भावना कमजोर बन्दै गएको छ । यस्तो अवस्थामा बरु अर्को कम्युनिष्ट पार्टी एमालेलाई जिताउनु राम्रो हुन्छ । उनले अधिकाँश गाउँमा माओवादी कमजोर बन्दै आएको स्वीकार गरे । हिजो राष्ट्रिय व्यक्तित्व उम्मेदवार भएकाले बढि मत आएको र अहिले स्थानीय व्यक्ति उम्मेदवार भएका कारण कमजोर अवस्था देखिएको बताए ।  माओवादीका कार्यकर्ताहरुकै भनाईलाई आधार मान्दा पनि ललितपुरका तीन वटै क्षेत्रमा उनीहरुको कमजोर अवस्था रहेको छ । ललितपुर एकका अधिकाँश माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेका कारण उनीहरु पराजय भोग्न मंसीर ४ गतेको प्रतिक्षामा छन् ।

ललितपुर एकमा नेपालको प्रजातान्त्रिक इतिहासमा कहिल्यै पनि जीत हाँसिल गर्न नसकेको काँग्रेस पनि शुरुका दिनमा भन्दा क्रमश... निराश बन्दै आएको छ । काँग्रेसका डन मीनकृष्ण महर्जन, बागी उम्मेदवार गणेशबहादुर केसी, जातीय नेता कवेलबहादुर लामा, काँग्रेसका लोकप्रीय नेता मथुराप्रसाद घिमिरेले काँग्रेसका लागि “राईट टु रिजेक्ट” भन्ने प्रावधान अनुसार प्रत्यक्षमा भोट नहाल्ने मनस्थितिमा रहेको काँग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार बागी उम्मेदवार केसीले उम्मेदवारी फिर्ता लिने क्रममा उदय सम्शेर जबरासँग ७० लाख माग गरेकोमा ४० लाख मात्रै दिएको भन्दै काँग्रेसका कार्यक्रमहरुमै असन्तुष्टि पोख्न थालेका छन् । यति मात्रै नभएर अन्य पार्टीलाई झुटा आश्वासन दिने गरेको आरोप लगाउँदै आएको काँग्रेस आपैंm भने भ्रमको खेती गर्न लागि परेको छ । बैतरणी धाममा आयोजना गरिएको सप्ताह ज्ञान महायज्ञमा ललितपुरका २ काजी श्यामकाजी तिमल्सिना र बाबुकाजी प्रधानले सहयोग गरेको एम्बुलेन्स आपैंmले दिएको भनेर उदय सम्शेर रराणाले एक रेडियोलाई अन्तर्वार्ता दिएको भन्दै गोटिखेल र आसपासका काँग्रेसी जनहरु राणालाई भोट नहाल्ने मनस्थितिमा पुगेका छन् । २ काजी नै राप्रपा नेपालमा आबद्ध छन् । श्यामकाजी समानुपातिक उम्मेदवार हुने भने बाबुकाजी क्षेत्र नं ३ का प्रत्यक्ष उम्मेदवार हुन् । अहिले ललितपुर क्षेत्र नं १ को केन्द्र चापागाउँका चिया पसलहरुमा हरिको हरिविजोग र उदयको उपद्रोको उदांगो भएको चर्चा चल्ने गरेको छ । उदयलाई यहाँ उदाउन दिए आफ्नो राजनीति समाप्त हुने भन्दै चार काँग्रेसीहरु हराउने अभियानमा मौन रुपमा लागि परेका छन् । मथुरा, कवेल, गणेश र मीनकृष्ण काँग्रेसी कार्यक्रममा औपचारिकताका लागि जाने गरेको तर आपूm निकटका कार्यकर्ताहरुलाई समानुपातिकमा रुखमा भोट हाल्न र प्रत्यक्षमा जे मन लाग्छ त्यही गर्न सल्लाह दिने गरेका छन् । यस्ता चर्चाहरुले काँग्रेस र एकीकृत माओवादी कमजोर भएको पुष्टि हुन्छ । माओवादी र काँग्रेसको पराजय निश्चित भएपछि एमालेको विजय पक्का भएको छ । थप सामग्रीहरु क्रमश... प्रकाशित गरिने छ । ललितपुरखबर डट ब्लगस्पोटमा ललितपुर समाचारको प्रतिक्षा गर्नुहोला ।