ललितपुर । वैशाख १३ गते
नेकपा एमालेले महालक्ष्मी
नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल
गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती
गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम
गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का गरेको छ ।
नेकपा एमाले
ललितपुरले बाँकी अन्यको हकमा निर्वाचनका लागि मेयर तथा उपमेयर तथा अध्यक्ष र उपाध्यक्षका आकांक्षी तथा उमेदवारको नाम प्रदेश
कमिटिमा पठाएको छ । ललितपुर महानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुखको
भने जिल्ला स्तरसम्ममा सहमति निकाल्न नसकेपछि प्रदेश कमिटि समक्ष
सिफारिस गरिएको पनि अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले जानकारी दिए ।
ललितुपर
महानगरपालिका
महानगरपालिकाको
मेयरका लागि जिल्ला सचिवलायले हरिकृष्ण व्यञ्जनकारलाई बनाउनुपर्ने रायसहित
निर्णय गरेको छ भने आकांक्षीको रुपमा प्राप्त भएका नामहरुलाई पनि प्रदेश
कमिटिमा सिफारिस गरेको छ । यसरी आकांक्षा राख्नेमा कपिल घिमिरे, देवकी श्रेष्ठ र
ज्ञानेन्द्र शाक्य रहेका छन् । यस्तै
उपमेयरमा उषा बज्राचार्य, रमा आचार्य, सरस्वती खड्का र
सुकुमायाँ तामांगको नाम सिफारिस गरिएको छ ।
गोदावारी
नगरपालिका
यस्तै, गोदावरी नगरपालिकाको
प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल,
पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन र
श्यामकृष्ण सिलवालको नाम नगरसंगठन कमिटिबाट सिफारिस आएकोमा जस्ताको तस्तै प्रदेश
कमिटिमा सिफारिस गरिएको एमाले ललितपुरले बताएको छ । गोदावारीको उपप्रमुखमा भने
अन्नपूर्ण बस्नेत, तारा सञ्जेल र सरिता केसीको नाम सिफारिस गरिएको छ ।
महालक्ष्मी
नगरपालिका
महालक्ष्मी
नगरपालिकाको प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ,
हरिगोविन्द श्रेष्ठ, सूर्यबहादुर थापा र
शैलेन्द्र राउतको नाम सिफारिस गरिएको छ भने
उपप्रमुखमा निर्मला केसीको नाम निर्णय
गरिएको छ ।
महाँकाल
गाउँपालिका
महाकाल गाउँपालिकाको
प्रमुखमा नवराज महत र रामचन्द्र दाहालको नाम सिफारिस गरिएको छ भने
उपप्रमुखमा कमला तामाङको नाम निर्णय गरिएको छ ।
वागमती
गाउँपालिका
वागमती गाउँपालिकाको
प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तानको नाम निर्णय गरिएको छ ।
कन्ज्योस्योम
गाउँपालिका
कन्ज्योस्योम
गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको निर्णय भएको छ भने उपप्रमुखमा सुस्मिता
दुलाल घिमिरे, विष्णु तामांग,
मिनुकुमारी घिमिरे हुमागाई, राधा न्यौपानेको नाम
सिफारिस गरिएको छ । ललितपुरका ६ वटा स्थानीय तहमा १ सय ३१ मतदान स्थलमा २ सय ८४
मतदान केन्द्र निर्धारण गरेको छ । ललितपुरमा हाल २ लाख १३ हजार ७२ मतदाता रहेका
छन् ।