महालक्ष्मी मेयरका लागि अहिलेसम्म प्रमुख
तीन पार्टीका ९ जनाले दावी गरेको बताइएको छ । लामाटार, लुभु सिद्धिपुर, टिकाथली र इमाडोल गाविसलाई मिलाएर बनाइएकाे याे नगरपालिकामा कसकाे पल्लाभारी हुने हाे हेर्न बाँकी नै छ ।
२०४९ सालकाे स्थानीय निकायकाे निर्वाचनमा टिकाथलीबाट एमालेका रामचन्द्र थापाले अध्यक्षमा जितेका थिए । २०५४ सालमा पनि यहाँ एमालेले विजयी हाँसिल गरेकाे थियाे । २०५४ सालमा एमालेका राजकुमार सिल्वाल अध्यक्षमा निर्वाचित भएका थिए । दुबै जना अहिलेपनि एमालेकै राजनीतिमा सक्रिय छन् । सिद्धिपुरमा भने दुबै निर्वाचनमा जनमाेर्चाका कृष्णकुमार महर्जन विजयी भएका थिए । हाल उनी माअाेवादीकाे राजनीतिमा छन् । लुभूमा भने दुबै निर्वाचनमा एमालेका हरिगोबिन्द श्रेष्ठ निर्वाचित भएका थिए । उनी अहिले मेयरका शक्तिशाली दाबेदार हुन् । लामाटारमा पनि दुबै निर्वाचनमा एमालेका उम्मेदवारले जितेका थिए । २०४९ काे निर्वाचनमा विजयी गङ्गाप्रसाद न्यौपाने हाल निजामति सेवामा छन् भने २०५४ मा निर्वाचित चिरञ्जीवि अाचार्य शिक्षण पेशामा संलग्न छन् । तथापी दुबै जना एमालेको राजनीतिकै वरीपरि छन् । इमाडोलमा पनि दुवै निर्वाचनमा एमालेका उम्मेदवारले अध्यक्ष पद हाँसिल गरेका थिए । २०४९ काे निर्वाचनमा विजयी किशाेर केसीको मेयर पदमा उम्मेदवारी दिने अाकाङ्क्षा रहेको बताइएकाे छ । २०५४ मा निर्वाचित नन्द न्यौपाने एमालेमै सक्रिय छन्। २०४८ र २०५१ सालमा यी गाउँ पर्ने क्षेत्र नं २ बाट नेकपा एमालेका सिद्धिलाल सिंह र २०५६ मा एमालेकै कृष्णलाल महर्जन विजयी भएका थिए ।
तर,२०७० को निर्वाचनको तथ्यांकलाई केलाउँदा महालक्ष्मी नगरपालिकाबाट
सबैभन्दा धेरै भोट नेपाली कांग्रेसलाई गएको थियो । २०६४ मा भने माअाेवादीले याे क्षेत्रमा बढि मत पाएकाे थियाे । एमालेले संविधानसभा निर्वाचनलाई छाडेर त्यस अघिको बर्चश्व कायम गर्ने गरी मेहनत गरिरहेकाे एमालेका नेता माधव पौडेलले बताए ।
एमालेको तर्फबाट ५ जनाले दावी गरेका छन् । किशाेर केसी, रामेश्वर श्रेष्ठ, हरिगोविन्द श्रेष्ठ पनि एमालेका तर्फबाट
मेयरका दावेदार हुन् । ५ दावेदार मध्ये सुर्य बहादुर थापा पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।
अर्का दावेदार हुन्, शैलेन्द्र राउत ।
राउत युवा संघका केन्द्रीय सदस्य हुन् ।
कांग्रेसको तर्फबाट भने अहिलेसम्म ४ जनाले मेयर पदका लागि उम्मेदवारको दावी
गरेका छन् । उनीहरुमा पवन विक्रम थापा, गणेश के.सी., महेश खड्का र दिवाकर
सिलवालले दावी गरेका छन् । उम्मेदवारमध्ये गणेश के.सी. कानुन व्यवसायी हुन् । अर्का दावेदार महेश खड्का
स्थानीय व्यापारी हुन् । कार्यकर्ताहरुले भने उनीहरुमा निर्णय क्षमता कमजोर
रहेको आरोप लगाउने गरेका छन् । ग्याँस डिपो व्यवसायी खड्का जनतामा कम
चिनिएका र कमजोर निर्णय क्षमता भएको नेता भएको स्थानीय मतदाता सरोज महर्जन
बताउँछन् ।
अर्का दावेदार हुन्, दिवाकर सिलवाल । उनी भर्खरै शिक्षकबाट राजीनामा
दिएर कांग्रेसको राजनीतिमा आएका छन् । महाधिवेशन प्रतिनिधि तथा तरुण दल
ललितपुरका पूर्वअध्यक्ष पवन विक्रम थापाले भने पनि कांग्रेसको तर्फबाट
मेयरको उम्मेदवार दावी गरी प्रचार प्रसारमा उत्रिसकेका छन् । माअाेवादीबाट भने शिव कट्टेल र रामगोपाल महर्जनकाे दावी रहेकाे बताइएकाे छ ।