नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, April 25, 2017

‘सही पनि एमाले, मै पनि एमाले’ - गायक बद्रि पगेंनी (भिडियोसहित)

काठमाडौँ, १२ वैशाख चर्चित लोकगायक लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । 

सही पनि एमाले, मै पनि एमालेशीर्षकको गीतमा उनलाई गायिका प्रिया भण्डारीले साथ दिएकी छिन् । यसमा इएनबीको सब्द-संगीत र अनुप सिवाकोटीको सम्पादन रहेको छ । सहि पनि एमाले,मै पनि एमालेलाई बरदान डिजिटलले बजारमा ल्याएको छ । देश बिकास गर्न एमालेले लिएका नीति कार्यक्रमको प्रशंसा गर्दै तीनको कार्यान्वयनका लागि एमालेको सरकार बनाउन सबै नेपाली जनतामा आग्रह गरिएको छ ।