ललितपुर समाचार । असोज २४ गते
परिवारवादको चर्को विरोध गर्ने माओवादी भित्र कतिको परिवारवाद छ भन्ने हेर्न त्यसका नेताहरुको लोलुपता र संविधानसभा निर्वाचनका उम्मेदवार हेरे पुग्छ । पत्यार लाग्दैन भने निर्वाचन आयोगमा गएर सोध्नुहोस् थाहा भैहाल्छ । प्रसङ्ग समानुपातिकको होइन, प्रत्यक्ष निर्वाचनकै हो । एमाओवादीका निवर्तमान उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नं १ र रुपन्देही निर्वाचन क्षेत्र नं ४ बाट संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ र वहाँकी अर्धाङ्गीनी हिसिला यमीले काठमाडौँको निर्वाचन क्षेत्र नं ७ बाट प्रत्यक्षमा टिकट पाउनुभएको छ ।
ललितपुरको क्षेत्र नं १ बाट २०६४ को निर्वाचनमा झिनो मतले निर्वाचित माओवादीकै प्रभावशाली नेता पूर्व अर्थमन्त्री वर्षमान पुन मोरङ निर्वाचन क्षेत्र नं ९ बाट तथा वहाँकी पत्नी ओनसरी घर्ती रोल्पा निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार हुनुभएको छ । पुनले ललितपुरमा हारको आँकलन गर्दै निर्वाचन क्षेत्र परिवर्तन गर्नुभएको हो भने घर्ती यसअघि समानुपातिकबाट सभासद् बन्नु भएको थियो । त्यसैगरी डोल्पा निर्वाचन क्षेत्र नं १ बाट टिकट पाउने सत्या पहाडी र माओवादी अध्यक्ष पुष्पकमल दहालका पूर्व स्वकिय सचिव शक्तिबहादुर बस्नेत श्रमिान श्रीमति हुनुहुन्छ । बस्नेत जाजरकोट निर्वाचन क्षेत्र नं २ बाट नै प्रत्यक्षतर्फका उम्मेदवार हुनुभएको छ । धादिङ निर्वाचन क्षेत्र नं २ बाट कल्पना धमलाले तथा उहाँका पति देवेन्द्र पराजुलीले लमजुङ क्षेत्र नं १ बाट टिकट पाउनुभएको छ । एमाओवादीबाट यी चार दम्पतीले टिकट पाउँदा महिला र पुरुषको समान सहभागिता हो भनेर रटान गर्ने माओवादी नेताहरु संवैधानिक व्यवस्था अनुसार संविधानसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउन असफल भएका छन् । परिवारवादको चर्को विरोध गर्ने माओवादी भित्र कतिको परिवारवाद छ भन्ने हेर्न त्यसका नेताहरुको लोलुपता र संविधानसभा निर्वाचनका उम्मेदवार हेरे पुग्छ । पत्यार लाग्दैन भने निर्वाचन आयोगमा गएर सोध्नुहोस् थाहा भैहाल्छ । प्रसङ्ग समानुपातिकको होइन, प्रत्यक्ष निर्वाचनकै हो । एमाओवादीका निवर्तमान उपाध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नं १ र रुपन्देही निर्वाचन क्षेत्र नं ४ बाट संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फ र वहाँकी अर्धाङ्गीनी हिसिला यमीले काठमाडौँको निर्वाचन क्षेत्र नं ७ बाट प्रत्यक्षमा टिकट पाउनुभएको छ ।
निर्वाचनमा मुख्य तीन पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार महिलाको स्थिति हेर्ने हो भने एमाओवादीमा २९, काँग्रेसमा २२ र एमालेमा २४ जना निर्वाचनको प्रतिस्पर्धामा रहेको र अन्य दलबाट पनि महिलाको उम्मेदवारी खासै चित्तबुझ्दो नभएको अध्यक्ष चाँदताराको भनाइ छ । संविधानसभा निर्वाचन २०७० मा देशभरका २४० निर्वाचन क्षेत्रमा छ हजार ३५२ ले उम्मेदवारी दर्ता गराएकामध्ये स्वतन्त्र, एक तेस्रो लिङ्गीसहित महिला ५९१ तथा पुरुषको सङ्ख्या पाँच हजार ७६१ भएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले भन्नुभयो । अघिल्लो संविधानसभामा ६०१ सदस्यमध्ये १९७ महिला थिए, जसमा प्रत्यक्षतर्फबाट ३०, समानुपातिकतर्फबाट १६२ तथा मनोनीततर्फबाट पाँच महिलाको प्रतिनिधित्व थियो ।