नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Wednesday, October 9, 2013

शान्ति र समृद्धिको ढोका खोल्ने अवसर हो निर्वाचन– नेता नेपाल

काठमाडौँ, २३ असोज नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय कार्यालय कोटेश्वरमा आज स्थापना गरिएको छ । सो क्षेत्रको निर्वाचन परिचालनका लागि कोटेश्वरको सिटी टावरको तेस्रो तल्लामा सो कार्यालय स्थापना गरिएको हो ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले सो कार्यालयको उद्घाटन गर्दै आसन्न निर्वाचनले नेपालमा शान्ति र समृद्धिको ढोका खोल्न अवसर सिर्जना गर्ने भएकाले त्यसलाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ता चनाखो हुनुपर्नेमा जोड दिँदै आमजनतालाई मुलुकको वास्तविक तथ्य यथार्थरुपमा बुझाएर जनताको सेवाको भावना राखेर कार्य गर्न निर्देशन दिनुभयो । नेता नेपालले विगतमा आफ्नो पार्टीको बहुमत नरहेकाले संविधान निर्माणमा जटिलता आएको उल्लेख गर्दै अहिले पनि विभिन्न स्थानबाट आफ्नो पार्टीका उम्मेदवारको विपक्षमा भ्रम फैलाउने कार्य भइरहेकाले त्यसप्रति सजग हुन आग्रह गर्नुभयो । सो कार्यक्रममा पाँच जना स्थानीयवासी वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।