नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Saturday, October 19, 2013

निर्वाचन प्रचार ललितपुर एकमा माओवादीको विजोग, एमालेमा अटसमटस

ललितपुर । कार्तिक २ गते
नजिकैको क्याम्पस हलमा दुईसयभन्दा बढी एमालेका बुद्धिजिवीहरु भेला भएका थिए । झण्डै एक सय मीटरको दुरीमा रहेको एनेकपा माओवादीको क्षेत्रीय कार्यालयमा उम्मेदवार हरि दहाल अर्को एकजनासँग भलाकुसारी गर्दै थिए । क्याम्पस सभाहल बाहिर आएका एमालेका कार्यकर्ताहरु एक आपसमा गफ गर्दै थिए । त्यहाँ त विजोग भएछ । गपैm गर्न भएपनि दुई चार जना जाउँ त्यता । त्यतिकैमा एमालेका अर्का कार्यकर्ताले सजगता अपनाउँदै भने गत संविधानसभा चुनावमा झापाका केपी ओलीले माओवादीलाई औंल्याउँदै भनेका थिए ती ठेट्नाहरुको विजोग छ कोहीकोहीले उनीहलाई भोट हाल्दा फरक पर्दैन । तपाईले तीनलाई भोट हालिदिनुस् । आमसभामा त्यसो भनेका ओलीले पछि हार व्यहोर्नुपर्यो । त्यसैले उनको विजोग भए हामीलाई के मतलब हामीलाई बढि मत चाहिएको छ । धेरै बढि आए पनि बिग्रंदैन । धेरै मत ल्याउन कसरत गरौं । यो दृष्यले एमालेको कार्यक्रममा कार्यकर्ताहरुको अटाईनअटाई कायमै रहेको र माओवादीको मनपरी शासन र जनतालाई दिएको दुखका कारण एक्लिँदै गएको प्रष्टै पाथ्र्यो ।

ललितपुर क्षेत्र नं १ मा एमालेलाई १ नं पार्टी बनाउने भन्दै कार्तिक १ गते १ बजे चापागाउँमा पेशागत बुद्धिजिवीहरुको भेला सम्पन्न भएको छ । उक्त भेलाले शिवराज सञ्जेलको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरेको एमाले १ नं क्षेत्रीय कार्यालयले जानकारी दिएको छ । कार्यक्रममा एमाले ललितपुरका निर्वाचन कमाण्डर माधव पौडेलले ललितपुरमा एमालेको विकल्पमा मतदान नहुनेमा विश्वास व्यक्त गर्नुभयो । वहाँले हिजो एमालेले गरेका कामलाई सम्मान गर्दै एमालेले मत पाउने दावी गर्नुभयो । जिल्ला तथा गाउँ सरकारमा रहँदा तथा केन्द्रीय सरकार भएका बखत एमालेले जे जति काम गरेको छ त्यसलाई मतदाताले भुल्ने छैनन् । उनले भने हामीले जति काम गरेका छौं सकारात्मक गरेका छौं । जनताको पक्षमा गरेका छौं । त्यसैगरी १ नं क्षेत्रका निर्वाचन कमाण्डर मिठाराम शर्माले देशमा एमालेको विकल्पमा संविधान जारी नहुने ठोकुवा गर्दै भ्रष्टचार गर्नेहरुको पार्टी (काँग्रेस) र जनताको दुश्मन पार्टी (एकीकृत माओवादी)लाई ललितपुरका मतदाताले बहिष्कार गर्ने दावी गरे । एमाले केन्द्रीय सदस्य शुसीला नेपालले जनताको दुखसुखको पार्टी एमाले मात्रै भएकाले एमालेलाई मत माग्न बुद्धिजिवीहरुसँग आग्रह गरिन् ।
एमाले ललितपुर १ का उम्मेदवार तथा पार्टीका पूर्व अध्यक्ष मधुसुदन पौडेल, १ नं क्षेत्रीय अध्यक्ष चेतनाथ सञ्जेललगायतले एमालेको जित सुनिश्चित भएकोले कार्यकर्ताहरुलाई आत्माविश्वासका साथ लागि पर्न आग्रह गरेका छन् । प्रतिपक्षिहरुले पराजित मानसिकताका साथ काम थालेकाले एमालेको जीत सुनिश्चित भएको उनीहरुले दावी गरेका हुन् ।