काठमाडौँ, २ कात्तिक । नेकपा एमालेका तर्फबाट ललितपुरमा उम्मेदवार बनाइएका तीन वटै क्षेत्रका सुर्य ध्वजाबहाक नेताहरु जनताका घरदैलो अभियानमा जुटेका छन् । जनतालाई अधिकार सम्पन्न बनाउन परिवर्तनको ‘एजेन्डा’ बोकेको आफ्नो पार्टीलाई विजयी गराउन एमाले नेताहरुले मतदाताहरुसँग आग्रह अघिल्लो संविधानसभामा माओवादीको मुक्का खाएर पनि एमाले कार्यकर्ताले एमाले उम्ममेदवारलाई भारी मत दिएका थिए । तर, माओवादीको धाँधली (मरेका तथा विदेश गएका मतदाताको नाममा मतदान) गरेर विजयी हाँसिल गरेकाले एमाले पराजित भएको थियो । यसपटक भने माओवादीको काम तथा व्यवहार आम नागरिकले हेरिसकेकाले उनीहरु निर्वाचित नहुने एमाले काँग्रेसको ठोकुवा छ ।
एमाले क्षेत्र नं १ का उम्मेदवार अखिलको राजनीतिबाट राजनीतिक यात्रा तय गर्नुभएका इमान्दार तथा कर्मठ योद्धा हुनुहुन्छ । शालिन नेताका रुपमा चिनिनुहुने १ नं का उम्मेदवार मधुसुदन पौडेलले एमाले ललितपुरमा लामो समयसम्म नेतृत्व प्रदान गरिसक्नु भएको छ । स्वच्छ छविका नेता पौडेलको पक्षमा पल्लाभारी हुने एमालेबाहेकका राजनीतिक दलका नेताहरुले पनि प्रतित्रिया दिन थालेका छन् ।
क्षेत्र नं २ का उम्मेदवार पनि स्वच्छ छवका शालीन व्यक्तित्व हुनुहुन्छ । २०५६ सालमा एमाले माले विभाजनका क्रममा बुढो बाघका रुपमा परिचित सिद्धिलाल सिंलाई सजिलै पराजित गराउनुहुने कृष्णलाल महर्जनको जीतदेखि एमाओवादी तथा काँग्रेस अत्तालिएका छन् । देशकै निर्णायक वार्ताहरु कृष्णलाल महर्जनकै संयोजनमा भएका दृष्टान्तहरुले पनि वहाँको कद उँचो बनाएको विपक्षीहरुको आँकलन छ ।
राष्टिय राजनीतिमासमेत प्रभाव पार्ने नेता रघुजी पन्त क्षेत्र नं ३ का एमाले उम्मेदवार हुनुहुन्छ । वहाँका अगाडी प्रतिपक्षि पार्टीहरुका उम्मेदवार फिका सावित भैसकेका छन् । पूर्व मन्त्रीसमेत रहेका पन्त दुईपटक ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भइसक्नुभएको छ । उहाँले नेपाली जनताले लामो समयदेखि खोजेको परिवर्तनको चाहनालाई पूरा गर्न आफ्नो पार्टीलाई पूर्ण बहुमत र लोकतान्त्रिक शक्तिलाई दुईतिहाइ मत दिन आग्रह गर्नुभएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक माधव पौडेलका अनुसार घरदैलो अभियानका क्रममा स्थानीयवासीले अघिल्लो संविधानसभाले किन संविधान बनाउन सकेन् भन्नेलगायतका प्रश्नहरू राखेका थिए । त्यसमा एमालेको भूमिका कस्तो रह्यो भनी सोध्ने गरेका र एमालेले दिएको उत्तरमा सन्तुष्टि प्राप्त भएको प्रतिक्रिया दिने गरेका छन् । संविधानसभाको हत्यामा मानवीय हत्यामा अनुभवीहरु (माओवादी) सामेल भएको जनताले बुझिसकेको बताइएको छ ।
गर्नुभएको छ । घरदैलो अभियानको क्रममा एमालेका उम्मेदवारहरु हिउँको डल्लो बनेर अघि बढिरहेको एमाले निर्वाचन परिचालन कमिटिले जनाएको छ । कमिटिका अनुसार प्रचारमा हिँड्दा थोरै कार्यकर्ताका साथ अघि बढेपनि गाउँगाउँबाट थपिँदै ठूलो संख्या हुने गरेको छ । यसैक्रममा काँग्रेस र एमाओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । एमाले १ नं क्षेत्रीय अध्यक्ष चेतनाथ सञ्जेलका अनुसार एक महिनाको यो अवधिमा मात्रै २ हजारभन्दा बढि नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरिसकेका छन् ।