नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, October 8, 2013

प्रहरीलाई निर्वाचन शिक्षा तालिम

ललितपुर, २१ असोज । आसन्न संविधानसभा निर्वाचन मर्यादित, निष्पक्ष र धाँधलीरहित बनाउन सुरक्षा व्यवस्था र समन्वय विषयमा महानगरीय प्रहरी परिसर ललितपुरले आफ्नो मातहतका सबै प्रहरी तथा सुरक्षाकर्मीलाई आधारभूत तालिम दिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरअन्तर्गतका ४६ स्थानमा तैनाथ प्रहरी अधिकृत तथा पदिकसहित ७७६ जनालाई तीन÷तीन दिन सहभागी हुने गरी बाँडिएको पाँच चरणको निर्वाचन विशेष प्रशिक्षणअन्तर्गतको अन्तिम टोलीको तालिम आज सकिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक रामदत्त जोशीले जानकारी दिनुभयो । तालिममा संविधानसभाको महत्व, निर्वाचन प्रणाली, निर्वाचन आचारसंहिताको अनुगमन, सरकारी निकायसँगको समन्वय, छिटोछरितो सूचना प्राप्त गर्ने स्रोत, सुरक्षा जिम्मेवारी तथा रणनीति, मतदान केन्द्रको बनावट तथा सुरक्षा विषयमा अभिमुखीकरण गरिएको थियो । तालिममा ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रमेशकुमार भट्टराई, प्रहरी उपरीक्षक घनश्याम अर्याल, प्रहरी नायब उपरीक्षकद्वय रामदत्त जोशी तथा सोमेन्द्रसिंह राठोर र प्रहरी निरीक्षक महेन्द्र कार्कीले तालिममा प्रशिक्षण तथा सुरक्षा सतर्कता विषयमा निर्देशन दिनुभएको थियो ।