ललितपुर, १८ असोज । नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य रघुजी पन्तले आफ्नो पार्टीको चुनावी मुद्दा देशको आर्थिक–सामाजिक विकासमा केन्द्रित रहने बताउनुभएको छ । प्रेस चौतारी ललितपुरले संविधानसभा सदस्य निर्वाचनका लागि एमालेका उम्मेदवारको योजना विषयमा आज यहाँ आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
ललितपुर क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका पन्तले नयाँ लोकतान्त्रिक धारणा सहितको संविधान निर्माणका लागि आफ्नो पार्टीले नागरिकसँग मत माग्ने बताउनुभयो । एमालेको तर्फबाट क्षेत्र नं २ बाट उम्मेदवारी दिनुभएका पार्टी केन्द्रीय सदस्य कृष्णलाल महर्जनले २०६४ को निर्वाचनमा भरखरै युद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीलाई पनि हेरौं भन्ने चाहनाले मत दिए तर जनभावनाको उसले कदर गर्न नसकेको टिप्पणी गर्नुभयो । क्षेत्र नं. १ का उम्मेदवार मधुसूदन पौडेलले २०६४ को संविधानसभा निर्वाचन बाहेक २०४६ पछिको सबै निर्वाचनमा आफ्नो पार्टीले जनमत पाएर थुप्रै विकास निर्माणका काम गरेकाले ललितपुरका ३ वटै क्षेत्रमा एमाले जित्ने दाबी गर्नुभयो ।