ललितपुर, कार्तिक २
एमालेको नेतृत्वमा लोकतान्त्रिक संविधान निर्माण गर्ने अभिभाराको अठोटसहित ललितपुरमा चुनावी यात्रा तीव्र भएको छ । तीनवटै क्षेत्रमा नेकपा एमालेको अग्रता देखिएको छ । निर्वाचन लक्षित अभियानका रुपमा ४१ वटै गाउँ
कमिटि र २२ वटै नगर कमिटिका विस्तारित वैठकहरु सम्पन्न भई निर्वाचन परिचालन
कमिटि गठन भएका छन् । विभिन्न जनसंगठनहरुले पनि निर्वाचन सहयोग समिति गठन गरेका छन् । आजबाट १ नं मा घरदैलो सुरु भएको छ । घरदैलोमा नेकपा एमालेका उम्मेदवार मधुसूदन
पौडेललाई स्थानीय जनताले स्वागत गरी अघिल्लो पटक निर्वाचित भएकाहरुले विकास
पनि दिन नसकेको र संविधान पनि दिन नसकेकाले संविधान दिएर विकास दिन सक्नु
भनी आशिर्वाद दिएका छन् । टोल टोलमा ज्येष्ठ नागरिक, एकल महिला तथा युवाहरुले स्वागत गरेका छन् ।
उत्साहनक सहभागिताका साथ घरदैलो अगाडि बढिरहेको १ नं क्षेत्रका उम्मेदवार पौडेलले बताउनुभएको छ । नं मा आश्रांगबाट विभिन्न पार्टी परित्याग
गरी एमालेमा सैयौं युवाहरु प्रवेश गरेका छन् । ललितपुरमा यसअघि वर्षमान पुन
निर्वाचित भएका र आफ्नै निर्वाचन क्षेत्रमा पनि चुनाव जितेपछाडी नफर्केको
लगायतका गुनासाहरु छन् । यस्तै ललितपुर २ का कृष्णलाल महर्जन नेपाली काँग्रेस र एनेकपा माओवादीका उम्मेदवारभन्दा बलिया देखिएका छन् । ०५६ को आम निर्वाचनमा लोकप्रिय मत ल्याएर
विजयी भएका महर्जन २ नं मा निकै लोकप्रिय युवा तथा समाजसेवी हुन् । यस
क्षेत्रमा हालै १७५ जना युवा प्रवेश गरेको महर्जनले बताउनुभएको छ । अघिल्लो पटक संविधानसभा निर्वाचनमा
एमाओवादीबाट विजयी भएका राजकाजी महर्जन नेकपा ड्यास माओवादीमा गएका कारण
महर्जन वलियो देखिएका छन् । यस्तै ललितपुर ३ मा एमाले पोलिटव्युरो सदस्य रघुजी पन्त सबैभन्दा बलियो देखिएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मदन बहादुर
अमात्य मकवानपुरबाट आयातित उम्मेदवार भन्दै काँग्रेसका सँस्थापन
निकटकाहरुको असहयोग सामना गरिरहेका छन् भने काँग्रेसको प्रतिबद्ध समूहका
बीचमा उनी अराजक छवीको परिचय समेत बनाएका छन् । उनले ०४६ सालमा गणेशमान सिंहलाई मकवानपुरमा
कालोमोसो लगाउने अभियानको नेतृत्व गरेको कुरा समेत ललितपुरका
काँग्रेसहरुबीचमा चर्चा छ । यस्तै एमाओवादीको तर्फबाट ०६४ मा निर्वाचित
पम्फा भुषाल अहिले नेकपा ड्यास माओवादीमा भएका कारण एमाओवादी निकै कमजोर
अवस्थामा रहेको छ ।