ललितपुरको क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार मधुसुदन पौडेलको हार हुनु भनेको अन्य पार्टिको साँठगाँठ र धाँदलिबाहेक कुनै विकल्प नभएको स्वयम् अन्य दलका उम्म्ेदवारहरुले स्वीकार गर्न थालेका छन् । यहाँका प्रतिस्पर्धि भनिएका चार ठूला पार्टी मध्ये तीन पार्टीका नेताहरु पहिलो प्रतिस्पर्धि एमालेलाई नै देखिरहेका छन्
। नेपाली काँग्रेस भ्रमको खेती गरेर गाउँहरुमा झन भोट घटाईरहेको छ । गोटिखेलमा एम्बुलेन्स मैले दिएको विद्यालय मैले बनाएको भन्दै काँग्रेस अत्तालिएर प्रचारमा लागेको छ । जबकी यहाँको एम्बुलेन्स राप्रपा नेपालका र्दु काजी श्यामकाजी र बाबुकाजीले हस्तान्तरण गरेका हुन् । गोटिखेलको विद्यालय भारतीय दुतावासको सहयोगमा बनेको हो । यदि काँग्रेसी उम्मेदवार उदय सम्शेर राणा भारतीय नै भए सोच्नु पर्ला नत्र दुताबासबाट आएको रकमकसैको बाउको बपौती होइन । माओवादी उम्मेदवार हरि दहालको त इकुडोलबाटै कम मत आउने देखेपछि हार स्वीकार गर्न थालेका छन् । उनले भन्ने गरेका छन् । चुनाव हो यसै भन्न सकिन्न मैले जितेदेखि गणतन्त्रको जित हुनेछ । अर्का प्रतिस्पर्धि राप्रपा नेपालका उम्मेदवार केशरबहादुर विष्टले आपूm एमालेको सहयोगका लागि नै उम्मेदवार बनेको बताउन थालेका छन् । यस अघि पनि दुइपटक मेरै कारणले एमालेले जित्यो अहिले पनि जित्छ । विष्टको भनाई छ ।