ललितपुर
खबर प्रतिनिधि । चैत ३१ गते
स्थानीय
तहको यही वैशाख ३१ मा हुने निर्वाचनका लागि नेकपा एमालेले ललितपुर महानगरपालिका भित्रका
२९ वटै वडाबाट उम्मेदवार सिफारिस भइ आएको जनाएको छ । आकाङ्क्षा राख्नेहरुको नाम सम्बन्धित
वडा कमिटिहरुले सिफारिस गरी जिल्ला कमिटिमा पठाएको एमालेले जनाएको हो । जिल्ला कमिटिले
वडा अध्यक्षको अन्तिम नाम २०७४ वैशाख ३ गतेसम्ममा निर्णय गर्ने बताइएको छ । २९ वटा
वडा रहेको महानगरपालिकामा ६८ जनाले आकाङ्क्षा देखाएका हुन् ।
ललितपुर
महानगरपालिकाको वडा नं १ मा रमेश महर्जन, २ मा राजेशकुमार महर्जन,
३ मा श्रीगोपाल महर्जन, पदमबहादुर शाक्य र राधेश्याम
चुईचुई, ४ मा नारायण केसी, ५ मा विकासमान
श्रेष्ठ, ६ मा पूर्णमान शाक्य, ७ मा चन्द्र
महर्जन र पूर्णबहादुर महर्जन, ८ मा किरण महर्जन, सानुकाजी महर्जन, ९ मा कृष्ण महर्जन, श्याम व्यञ्जनकार, १० मा अष्टमान महर्जन, कुल बहादुर आचार्य, श्यामकृष्ण अमात्य, ११ मा इन्द्रमान
महर्जन, १२ मा श्याम महर्जन र नारायण अवाले, १३ मा राजु बोगटी, १४ मा नौराज राई, १५ मा बाबुरत्न महर्जन, राजेन्द्र श्रेष्ठ, रुद्रबहादुर केसी, सुदर्शन मिश्र, डा.माधव कोइराला, रामजी दाहाल,
१६ मा काजीरत्न शाक्य, चिरिकाजी महर्जन,
पवन ताम्राकार, १७ मा विनोद श्रेष्ठ, १८ मा नारायण खड्का, पुरुषोत्तम खड्का, बबिता थापा, माधव खड्का, रामकुमार
केसी, लिलादेवी भट्टराई, शालिकराम कुँवर,
शिवराम खड्का, १९ मा विनोद ताम्राकार, दिपक श्रेष्ठ, रिद्धिमान शाक्य, शान्ति जोशी, २० मा अशोक महर्जन, रत्न महर्जन, २१ मा मदनकृष्ण डंगोल, २२ मा प्रेमभक्त महर्जन, जीवन केसी, २३ मा भयुकाजी महर्जन, रामशरण दाहाल, सुदर्शन केसी, २४ मा उत्तम पौडेल, दिनेश कार्की, महेशकुमार गिरी, हरिशरण गिरी, २५ मा विष्णुकुमार कार्की, विश्वकेश रिसाल, शशीकुमार कार्की, २६ मा अशोक महर्जन, कुमार थापा, रामगोपाल महर्जन, श्यामकृष्ण महर्जन, हरिमाधव महर्जन, २७ मा बद्री महर्जन र मुकेश महर्जन,
२८ मा चैनगोपाल महर्जन र २९ मा गणेशकुमार महर्जन आकाङ्क्षी रहेको एमाले
ललितपुरका प्रचार विभाग प्रमुख अमृत तिमल्सिनाले बताउनुभएको छ ।