नेकपा एमालेले क्षेत्र नं १ बाट गोदावरीका मधुसुदन पौडेललाई उम्मेदवार बनाएको छ । उनीसँगको प्रतिस्पर्धामा नेपाली काँग्रेसको तर्पmबाट तरुणदलका केन्द्रीय सभापति (मनोनित) उत्रने भएका छन् । उनी २०६४ को संविधानसभा निर्वाचनमा माओवादीसँग पराजित भएका थिए । सानेपाका राणाका बुबा सागरसम्शेर राणा २०४८, २०५१ र २०५६ को आम निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार थिए ।
उनले तीनवटै निर्वाचनमा पराजय भोगेका छन् भने उदय सम्शेरले एउटामा मात्रै पराजय भोगेका छन् । एमाले ललितपुरका निवर्तमान अध्यक्ष एवम् २०६४ को संविधानसभा निर्वाचनमा पराजित (तेस्रो स्थान हाँसिल) पौडेलसँग एकीकृत माओवादीका जिल्ला इञ्चार्ज हरि दाहाल भिड्दैछन् । शुरुमा एमालेकै राजनीति गरेका इकुडोलका दाहालले अघिल्लो संविधानसभा निर्वाचनमा नेतृत्व प्रदान गरी ललितपुरका तीनवटै क्षेत्रमा आफ्ना उम्मेदवारलाई विजयी बनाएका थिए । अघिल्लो संविधानसभामा उनकी पत्नी गंगा पराजूली समानुपातिकबाट सभासद् भएकी थिईन् । क्षैत्र नं २ मा नेपाली काँग्रेसका तर्पmबाट काँग्रेसका पूर्व सभापति चन्द्र महर्जन उम्मेदवार बनेका छन् । उनी २०५१ सालको निर्वाचनमा र २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिए । माओवादीले भने नयाँ अनुहारका रुपमा सरोज सिंलाई उम्मेदवार बनाएको छ । एमालेले उम्मेदवार बनाएका कृष्णलाल महर्जन २०५६ को आम निर्वाचनमा निर्वाचित भएका थिए । त्यसैगरी क्षेत्र नं ३ मा एमालेले स्थायी कमिटीका सदस्य रघुजी पन्तलाई उम्मेदवार बनाएको छ । २०६४ को संविधानसभा निर्वाचनमा पराजित बनेका पन्तले २०५१ र २०५६ मा विजयी हाँसिल गरेका थिए । उनीसँग काँग्रेसका जिल्ला सभापति मदन अमात्य र माओवादीका जिल्ला सहइञ्चार्ज दिपेश महर्जन भिड्दैछन् । २०१५ सालको निर्वाचनमा नेकपाका उम्मेदवार तुल्सीलाल अमात्यले जित हाँसिल गरी कम्यूनिष्टको गढ क्षेत्रका रुपमा चिनाएको ललितपुरलाई त्यस यताका दिनमा मतदाताले साथ दिँदै आएका छन् । २०४८ सालमा क्षेत्र नं १ मा एमालेका मिठाराम शर्मा, क्षेत्र नं २ एमालेकै सिद्धिलाल सिं र क्षेत्र नं ३ मा जनमोर्चाका (हाल एमाओवादी) लिलामणी पोखरेल निर्वाचित भएका थिए । २०५१ को मध्यावधी निर्वाचनमा तीन वटै क्षेत्रमा एमालेले विजयी प्राप्त गरेको थियो । क्षेत्र नं १ बाट मिठाराम शर्मा, २ बाट सिद्धिलाल सिं र ३ बाट रघुजी पन्त निर्वाचित भएका थिए । २०५६ सालको निर्वाचनमा एमाले र माले विभाजनको समय थियो । त्यतीबेला काँग्रेसका लागि उत्तम समय मानिएको थियो । तर, मतदाताले एमालेलाई नै पल्लाभारी बनाईदिए । क्षेत्र नं १ बाट शुसीला नेपाल, २ बाट कृष्णलाल महर्जन र ३बाट रघुजी पन्त निर्वाचित भए । यसपटक माओवादीले सबै नयाँ उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ भने काँग्रेसले एकजना नयाँ अनुहार देखाएको छ । एमालेले पुराना उम्मेदवारलाई अगाडी सारेको छ । एमालेका पौडेल भने सभासद् वा साँसदको रुपमा सिँहदरबार छिरेका छैनन् ।