नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Tuesday, October 8, 2013

ललितपुरमा फेरि एमाले जित्ने उद्घोष, काँग्रेस र एमाओवादीका पनि दावी

ललितपुर, असोज २३ गते २०१५ सालको आम निर्वाचनमा होस् वा त्यसयता प्रजातन्त्र प्रँप्ति पछिका जुनसुकै निर्वाचनमा बामपन्थीको पकड रहेको ललितपुर आगामी निर्वाचनमा पनि बामपन्थी पकडमा राख्न बाम दलहरु कसरतमा लागेका छन् । २०४८ सालमा ललितपुर १ र २ मा एमालेले जित हाँसिल गरेको थियो भने ३ मा जनमोर्चाका उम्मेदवार विजयी बनेका थिए । २०५१ र २०५६ का निर्वाचनमा एमालेको एकलौटि विजय भएको ललितपुरमा अघिल्लो संविधानसभा निर्वाचन माओवादी पोल्टामा गएको थियो । ललितपुरका तीनै क्षेत्र जितेको एकीकृत माओवादीका तीनै उम्मेदवार अहिले चुनावी दौडमा छैनन्। क्षेत्र नम्बर १ बाट विजयी वर्षमान पुन यसपटक मोरङ ९ बाट उठेका छन् भने २ मा विजयी राजकाजी महर्जन र ३ की विजेता पम्फा भुषाल एमाओवादी त्यागेर निर्वाचन बहिष्कार नीति लिएको नेकपा–माओवादीमा छन्। राजकाजी केन्द्रीय सदस्य हुन् भने भुसाल पार्टी प्रवक्ता छिन् ।
यी तीनै विजेताले मैदान खाली गरिदिएकाले २ लाख २० हजार हाराहारी मतदाता रहेको ललितपुरका तीनै क्षेत्रमा दाउ मार्ने रणनीतिसाथ कांग्रेस र एमालेका उम्मेदवार तीव्र दौडमा छन्। उनीहरू दुवै आफ्ना मुख्य प्रतिस्पर्धी एकअर्कालाई ठान्छन् भने माओवादीलाई तीन नम्बरमा झारिदिने प्रतिक्रिया दिन्छन् । यसपटक क्षेत्र नम्बर १ मा एमाओवादीबाट हरि दाहाल, कांग्रेसबाट उदयशमशेर राणा तथा एमालेबाट मधुसुदन पौडेल प्रतिस्पर्धी छन्। यो क्षेत्रमा राप्रपा नेपालका केशरबहादुर विष्ट पनि प्रतिस्पर्धामा रहने बताईन्छ । २ नम्बरमा एमाओवादीबाट सरोजसिंह डंगोल, कांग्रेसबाट चन्द्र महर्जन तथा एमालेबाट कृष्णलाल महर्जन मैदानमा छन्। क्षेत्र नम्बर ३ मा एमाओवादीबाट दिनेश महर्जन, कांग्रेसबाट मदन अमात्य र एमालेबाट रघुजी पन्त छन्। अत्यधिक जनघनत्व रहेको चापागाउँ, लेलेसहित २८ दुर्गम गाविस समेटिएको क्षेत्र नम्बर १ मा कांग्रेस जिल्ला समितिका सदस्य गणेशबहादुर केसी बागी उठे पनि उनले उम्मेदवारी फिर्ता लिईसकेका छन् । उनको उम्मेदवारी फिर्ता आर्थिक लेनदेनमा पार्टी शीर्षस्थ नेताको दवावमा भएको काँग्रेस स्रोतले जानकारी दिएको छ ।
पुन र भुषालको अनुपस्थितिमा ललितपुरमा संविधानसभाको दोस्रो निर्वाचनमा रघुजी पन्त एकमात्र ुसेलिब्रिटीु उम्मेदवार हुन्। तरुण दलका वर्तमान अध्यक्ष राणा १ नम्बरमै अघिल्लो निर्वाचनमा पुनसँग ७ सय मतले पराजित भएका थिए। विद्यार्थी राजनीतिबाट अघि बढेका पौडेल एमाले जिल्ला कमिटीका पूर्वअध्यक्ष हुन्। माओवादी जिल्ला संयोजक दाहाल भने एमालेबाट राजनीति शुरु गरेका पूर्व शिक्षक हुन् । क्षेत्र नम्बर १ मा चापागाउँ, लेलेसँगै भट्टेडाँडा, दलचोकी, घुसेल, माल्टा, नल्लु, प्युटार, भारदेव, बुखेल, चौघरे, इकुडोल, मानिखेल, शंखु, आश्राङ, चन्दनपुर, गिम्दी, गोटीखेल, कालेश्वर, ठूलादुर्लुङ, डुकुछाप, छम्पी, बडिखेल, झरुवारासी, गोदावरी, गोदामचौर, विशंखुनारायण र देवीचौर गाविस पर्छन्। क्षेत्र नम्बर २ बाट अघिल्लोपटक जितेका राजकाजी महर्जन मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीतिर लागेपछि एमाओवादीले डंगोललाई उभ्याएको छ भने भुषालको ठाउँमा महर्जन छन्। ललितपुर उपमहानगरपालिकाका ११ वडासहित पाँच गाविस यस क्षेत्रमा समेटिएका छन्। लामाटार, लुभु, टीकाथली, इमाडोल र सिद्धिपुर गाविससँगै नगरक्षेत्रबाट उपमहानगरपालिकाका वडा नम्बर ६ ९महाबौद्ध०, ७ ९लुखुसी, सातदोबाटो०, ८ ९दुपाट०, ९ ९च्यासल०, ११ ९बोल्खु०, १२ ९चक्रबही०, १६ ९तापाहिटी, नकबहिल०, १७ ९गाबहाल०, १८ ९मंगलबजार०, १९ ९टबहाल० र २२ ९कुम्भेश्वर, इखाछे० क्षेत्र २ नम्बरले ओगटेको छ। एमाले पोलिटब्युरो सदस्य पन्त उम्मेदवार रहेको क्षेत्र नम्बर ३ ले नगरपालिकाका ११ वडा र ८ गाविस समेटेको छ। यो क्षेत्रमा सैंबु भैंसेपाटी, खोकना, सुनाकोठी, ठैब, हरिसिद्धि, बुङमती, ठेचो र धापाखेल गाविससँगै नगरपालिकाका वडा नम्बर १ ९गुसिंगाल०, २ ९सानेपा०, ३ ९झम्सिखेल, पुल्चोक०, ४ ९जावलाखेल०, ५ ९लगनखेल, सातदोबाटो०, १० ९कुपन्डोल०, १३ ९एकान्तकुना०, १४ ९ताल्चछखेल०, १५ ९नागबहाल०, २० ९पूर्णचन्धी० र २१ ९खाबहाल० पर्छन्। २०५१ र ५६ को संसदीय निर्वाचनमा विजयी पन्त अघिल्लो संविधानसभा निर्वाचनमा भुषालसँग पराजित भएका थिए। पन्त यसपालि दृश्य फेरिने विश्वासमा छन्। एमाओवादीको फुटबाट फाइदा मिल्ने उनको विश्वास छ। ुयसपालि ५१ र ५६ मा झैं ललितपुरका तीनै सिट एमालेले जित्छ। तीनै क्षेत्रमा एमाओवादी हाम्रो प्रतिस्पर्धी होइन,ु पुनले ललितपुर तथा महर्जन र भुषालले एमाओवादी छाड्नु आफ्नालागि फाइदाजनक हुने तर्क गर्दै पन्तले भने, ुअर्थमन्त्री भएको पार्टीको प्रभावशाली नेताले जितेको क्षेत्र छाड्नु भनेको पराजयकै डरले हो। अघिल्लोपटक ललितपुरका जनताले माओवादीबाट गरेको आशा यहाँबाट निर्वाचित हुनेले पूरा गर्न सकेनन्। साथमा जितेका दुई सभासद वैद्य पक्षमा लाग्नुले पनि हामीलाई फाइदा पुग्छ।ु पन्तका नजरमा तीनै क्षेत्रमा कांग्रेस एमालेको मुख्य प्रतिस्पर्धी हो। ुक्षेत्र नम्बर १ मा चाहिँ राप्रपा नेपाल पनि प्रतिस्पर्धामा छ,ु उनले भने। क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार एवं ललितपुर कांग्रेसका निवर्तमान सभापति चन्द्र महर्जन २०१५ सालदेखि कांग्रेसले कहिल्यै जित्न नसकेको क्षेत्रमा यसपालि नयाँ इतिहास कोर्ने साइत जुरेको बताउँछन्। ुयो क्षेत्र सधैं कम्युनिस्टहरूको किल्लाजस्तो थियो। यसपालि मतदाताले लालकिल्ला तोड्ने अभियान थालेका छन्,ु उनले भने, ुललितपुरवासीले कम्युनिस्टलाई हेरिसके। यसपालि मतदाताको सहानुभूति हामीसँग छ। ढुक्क भइसकेका छैनौं, निरन्तर मेहनत गर्नुपर्छ।ु एमाओवादीका तर्फबाट क्षेत्र नम्बर १ का उम्मेदवार एवं जिल्ला संयोजक दाहाल भने नयाँ अनुहार भए पनि पार्टीको एजेन्डाका आधारमा जित्ने दाबी गर्छन्। ुपहिले पनि तीन सिट जितेका हौं, यसपालि पनि जित्छौं। मुख्य कुरा पार्टी हो, अनुहार महŒवपूर्ण होइन,ु पार्टी विभाजनको असर निर्वाचनमा नदेखिने दाबीसाथ उनले भने, ुफुटको असर छैन। हामी आफ्नो संगठन र एजेन्डाका आधारमा जित्नेमा विश्वस्त छौं।ु नागरिक न्यूजमा प्रकाशित समाचारको आधारमा ललितपुर समाचार, तस्वीर नागरिक न्यूजबाट साभार गरिएको