नेकपा एमालेद्वारा महालक्ष्मी नगरपालिकाको उपप्रमुखमा निर्मला केसी, महाकाल गाउँपालिकाको उपप्रमुखमा कमला तामाङ, वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे र उपप्रमुखमा डोल्मा स्यांग्तान तथा कन्ज्योसोम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको टिकट पक्का

Sunday, April 16, 2017

नेपाल कम्युनिष्ट पार्टी एमालेमा समाहित, माओवादी केन्द्रका केन्दीय सदस्य पनि एमालेमा

पछिल्लो समय नेकपा (एमाले) मा देशभरीबाटै प्रवेश गर्नेको लहर चलेको छ । देशभरीबाट एमाले प्रवेश गर्नेको लहर चलिरहेको बेला दाङ तुल्सीपुरमा पनि धेरैको सङ्खयामा एमाले प्रवेश गरेका छन् ।

दाङमा आयोजित एक समारोहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका अगुवा वामपंथी नेता गिरीराज केसी र नेपाल कम्युनिष्ट पार्टीका ऋषि केट्टेल समुहकी पोलिटव्युरो सदस्य तुलसा केसीको नेतृत्वमा ठुलो संख्यामा अगुवा नेताहरु एमाले प्रवेश गरेको स्थायी कमिटी सदस्य शंकर पोख्रेलले जानकारी दिए ।
कुनै समय एमालेमै रहेका उनीहरुले लामो समयपछि आफ्नो पुरानो घर नेकपा (एमाले) फर्किन पाएकोमा खुशी व्यक्त गरेका छन् । त्यसो त नेकपा ऋषि कट्टेल समुहको दाङ जिल्ला कमिटी सहितका सबै जनसंगठनहरु नेकपा (एमाले)मा समाहित भएको छ । एमालेमा प्रवेश गर्ने सबैलाई पोख्रेलले टिका लगाएर स्वागत गरे ।